फिलिप्पी 1:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू सबैका निम्ति मैले यसो ठान्नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ। Shih kapitullinसरल नेपाली पवित्र बाइबल7 तिमीहरूलाई सधैँ मैले आफ्नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्तै विचार गर्न मलाई ठीक लाग्यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ। Shih kapitullinपवित्र बाइबल7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्वरको अनुग्रहमा सहभागी भएका छौ। Shih kapitullin |