यर्मिया 1:3 - पवित्र बाइबल3 योशियाहको छोरा यहोयाकीम यहूदाका राजा हुदाँ पनि परमप्रभुको वचन यर्मियालाई आयो। यहूदाका राजा सिद्कियाहको राज्यकालको एघारौं बर्षको पाँचौं महीना सम्म यर्मियाकहाँ परमप्रभुको वचन आइरह्यो। यहोयाकीम योशियाहको छोरो थिए। सिद्कियाह पनि योशियाको छोरो थिए। त्यस समयमा यरूशलेममा बस्ने मानिसहरूलाई निर्वासन गराईयो। Shih kapitullinनेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्जेलसम्मै आइरह्यो। Shih kapitullinसरल नेपाली पवित्र बाइबल3 योशियाहका छोरा यहोयाकीम राजा हुँदा परमप्रभु तिनीसित फेरि बोल्नुभयो। त्यसपछि योशियाहका छोरा सिदकियाह राजा भएको एघारौँ वर्षसम्मै परमप्रभु तिनीहरूसित धेरै पल्ट बोलिरहनुभयो। त्यस वर्षको पाँचौँ महिनामा यरूशलेमका मानिसहरू कैद गरी मुलुकबाहिर लगिएका थिए। Shih kapitullinपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालदेखि योशियाहका अर्का छोरा सिदकियाहको एघारौँ वर्षको पाँचौँ महिनासम्म, अर्थात् यरूशलेमका मानिसहरू कैदमा लगिएको समयसम्म आइरह्यो। Shih kapitullin |