Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




हिब्रु 9:15 - डोटेली नयाँ करार

15 तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




हिब्रु 9:15
52 ပူးပေါင်းရင်းမြစ်များ  

पइ हरेक जइले मेरा शिष्य बन्नाइ निउति रे सुसमाचार प्रचारको खातिर, घर, कि दाइ-भाइ, कि दिदि-बैनि, कि इजा-बा, कि शिष्य चेली, कि जग्गा जमिन छाणन्छ, तइको सय गुणा पाउन्या हो रे अनन्त जीवनको अधिकारी हुन्या हो।


रे भोजमि निउतारुलाइ बोलाउनाइ आफना नौकर पठायो, तर तिननले आउनाइ मन अरेइन।”


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


जब म नाङङोइ थ्या तमनले मलाइ लाउनाइ लत्ता दिया, जब म बिरामी थ्या तमनले मेरो रेख देख अर्या, जब म झेलमि थ्या तमन मलाइ भेटाइलाइ आया।”


येशू रे उनरा शिष्या बाटाइनि जाना जानाइ, एक जाना मान्स दकुडिबर येशूका वाँ आयो रे आदर अर्या धेकाउनाइलाइ येशूका अगाडी घोप्टो पर्यो। रे उनलाइ सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


कसइ एक सासकले येशूलाइ यिसो भणबर सोध्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


क्याकि हाम निर्बल हुनज्या ख्रीष्ट दुष्ट मान्सनकिलाइ तोकिया समयमि मर्या।


तर परमेश्वरले हामरि निउति उनरो प्रेम इसइमि धेकाउनाहान, कि हाम पापी छनाइ ख्रीष्ट हामरा निउति मर्या।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


हाम यहुदि मान्सनलाइ मान्तर होइन तर गैर-यहुदि मान्सनलाइ लगइ उनले छान्या छन।


नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।


मध्यस्थकर्ता तब मान्तर चाइन्छ जब एक हइ बड्ता मान्सनले करार अददाहान। तर परमेश्वर, जो एक मान्तर छन, उनले मध्यस्थकर्ता बिना अब्राहामलाइ प्रतिज्ञा अर्यो।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्‍का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो।


कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।


तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


यिन सब परमेश्वरमि बिश्वास अद्द्या मान्सन परमेश्वरले प्रतिज्ञा अर्या कुरणी नपाइबर मर्या। तर तिनन परमेश्वरले भविष्यमी अद्द्या काम बुजिबर खुशी भया, रे तिननले यो लगइ बुज्यो कि तिनन यइ पृथ्वीमि परदेशी रे शरणार्थी हुन।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


परमेश्वरले अब्राहामसित बाचा अरनज्या उनले आफ्नो कसम खायो, क्याकि उन भण्ना ठुला और कोइ आथिन, जइको नाउ लिबर उनले कसम खान सकनथ्या।


अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो।


तबइकिलाइ येशूइले यो उत्तम करारलाइ सम्भब बनाउनाहान।


परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।


ख्रीष्टले स्वर्गमि भया महापबित्र ठाउँमि एकइ बेर सदाइकि निउति प्रवेश अर्यो। उनले आफसित बोक्या रे बाछ्छाको रगत लइजाइबर गएइन। उनरो बलि उनरो आफ्नोइ रगत थ्यो, रे यइ बठेइ उनले हामलाइ पाप बठेइ सदाइकि निउति छुटकारा दियो।


हाम जाण्नाइ कि कसइ मान्सले मद्दा हइ अगाडी आफ्नो सम्पति कसलाइ दिन्या भणबर इच्छापत्र लेख्न्छ भण्या, उइको इच्छापत्र अनुसार हुनाइलाइ तइ मान्सको मृत्यु हुनु पणन्छ।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ