फिलिप्पी 1:27 - सरल नेपाली पवित्र बाइबल27 मुख्य कुराचाहिँ यही नै हो, ख्रीष्टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्य लिई स्थिर भएर एउटै इच्छामा सुसमाचारको विश्वासको निम्ति लड्दै छौ भन्ने मैले सुन्न पाँऊ। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण27 केवल तिमीहरूका जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस्। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ, Gade chapit laपवित्र बाइबल27 होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। Gade chapit la |