मीकाको पुस्तक 1:2 - पवित्र बाइबल2 हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्वी र त्यसमा भएका सबै, ध्यानसित सुन, कि परमप्रभु आफ्नो पवित्र मन्दिरबाट, परमप्रभु परमेश्वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्। Gade chapit laसरल नेपाली पवित्र बाइबल2 “हे जाति-जातिका मानिसहरू हो, यो कुरा सुन! हे पृथ्वीका सबै बासिन्दाहरू हो, तिमीहरूले सुन! सार्वभौम परमप्रभुले तिमीहरूका विरुद्धमा साक्षी दिनुहुनेछ। सुन! उहाँ आफ्नो स्वर्गीय मन्दिरबाट बोल्नुहुन्छ। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्! Gade chapit la |