२ थेसलोनिकी 1:4 - पवित्र बाइबल4 यसैले परमेश्वरका अरू मण्डलीहरूमा हामी तिमीहरू बारे गर्व गर्छौं। तिमीहरू आफ्नो विश्वासमा अझै दरिलो बन्दै गएको कुरा हामी अरू मण्डलीहरूमा पाउँछौ। तिमीहरू अनेक कष्टले सताइँदैछौ ता पनि विश्वास छोडेका छैनौं, तर यसको सट्टामा दृढहुँदै जाँदैछौं। Gade chapit laनेपाली नयाँ संशोधित संस्करण4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौं। Gade chapit laसरल नेपाली पवित्र बाइबल4 यस्तै तिमीहरूको सतावट र दु:ख सहने शक्ति र विश्वासको बारेमा हामी परमेश्वरको मण्डलीभित्र घमण्ड गरेर बोल्न सक्छौं। Gade chapit laपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ। Gade chapit la |