Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




फिलिप्पी 1:5 - डोटेली नयाँ करार

5 तमनले येशू ख्रीष्टको बारेमि सुसमाचारमि बिश्वास अर्या दिन बठेइ आज सम्म येशू ख्रीष्टको बारेमि सुसमाचार फइलाउनाकिलाइ मेरो सहकर्मी भयाछौ।

Gade chapit la Kopi




फिलिप्पी 1:5
23 Referans Kwoze  

यदि हामले हामरो पइल्ली अर्या बिश्वासमि हाम छाड्डीबार सम्म बलिया भया भण्या हाम ख्रीष्टसित सज्जा हकदार हुन्या हौ।


यदि तमले मलाइ आफनाइ साजेदार सम्जन्छौ भण्या जब ओनेसिमस तमरा वाँ फर्किबर आउनाहान तमले मलाइ स्वागत अर्या जसेइ तिनलाइ खुसीसित स्वागत अर।


तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।


तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


बिश्वासि भाइन हो, माकेडोनिया प्रदेसका मण्डलिका बिश्वासिनलाइ परमेश्वरले अर्याको अनुग्रहका बिसयमि हाम तमनलाइ बताउन चाहानाउ।


क्याकि यरुशलेम सहरमि हुन्या पबित्र जन रे जो गरिब छन, तिनकीलाइ माकेडोनिया प्रदेस रे अखैया क्षेत्रका मण्डलिका मान्सनले स्वइच्छाले केइ भेटी दिन्या निर्णय अर्याछ।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


मेरा प्यारा भाइन, म तमनसित हुन्ज्या तमनले सदाइ आज्ञापालन अर्या छौ। अइल म तमन बठेइ टाडा छु, तमन झिक बड्ता आज्ञाकारी हुनु पणन्छ। तमन हरेकले डराइबर रे कामीबर त्यो काम अददु पणन्छ जो और मान्सकीलाइ ठीक छ, जइलाइ परमेश्वरले बचाया छ।


परमेश्वरले तमनलाइ उनरा चेलो हामरा प्रभु येशू ख्रीष्टसित एक हुनाइलाइ छान्यो, रे परमेश्वरले बिश्वासयोग्यसित बाचा अर्या कुरणी पुरा अददाहान। तबइकिलाइ तमन पक्‍का हुन सकन्छौ कि उनले तमरा निउति यो अद्दया हुन।


इस्राएलका मान्सन असल जैतुनको रुख जसाइ हुन, रे पुर्खा अब्राहाम, इसहाक रे याकुब तइ रुखका जडा जसाइ हुन। तर यदि कोइ हाँङा काटिया, रे तमन जंगली जैतुन भइबर तिननमि कलमी भयाछौ। यहुदि मान्सन बठेइ तमनले फाइदा पाया जसेरि जंगली जैतुनका हाङाले असल जैतुनका रुखमी कलमी भइबर तइ रुख बठेइ फाइदा पायाछौ।


तिनन येशू ख्रीष्टका छान्या शिष्याका शिक्षा, संगति रे प्रभु भोजमि उपस्थित हुन्थ्या रे एकहठ्ठा भइबर भोज खान्थ्या रे प्रार्थनामि भक्तिसित लागिरन्थ्या।


परमेश्वरका मान्सनका खाँचोमी सहयोग अर, पाउनाको सत्कार अरि राख।


बिश्वासि भाइन हो, तमनलाइ यो था होस भण्न्या म चाहनउ कि ममि आइलाग्या कुरणीले वास्तवमि सुसमाचार फइलाउनाइ सहयोग भया छ।


तिन मान्सन जो निका बिचारले प्रचार अद्दहान तिनन प्रेमका लाग्दा यिसो अद्दहान, क्याकि तिननलाइ यो था छ कि मइले ख्रीष्टका बारेमिको सुसमाचारको रक्षा अर्या हुनाले मलाइ झेल्मि हाल्या छन।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो।


म तमलाइ सोद्दउ, सिसिगुस, जसो तमरो नाउँ छ, बिश्वासयोग्य सहकर्मी, म तमनलाइ यो बिन्ति लगइ अद्दउ कि यिन दुइ स्वानी मान्सनलाइ मेलमिलापमि बसाइलाइ सहयोग अर, क्याकि यिनले मसित सुसमाचार फइलाउन्या काममी, कष्टमी रे मेरा और सहकर्मी सित मिहिनेत अरिराइछ, जइको नाउँ तइ किताबमी लेखिरइछ जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ।


Swiv nou:

Piblisite


Piblisite