यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।
म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।
तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।
परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।
ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।
तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।