Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रकाश 17:8 - डोटेली नयाँ करार

8 तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”

Faic an caibideil Dèan lethbhreac




प्रकाश 17:8
28 Iomraidhean Croise  

रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तर भूतले तमरो भण्या माणन्छ भणबर खुशी जन होउ, तर तमनका नाउँ स्वर्गमि लेखिरइछन भणबर खुशी होउ।”


तिननलाइ अतल कुण्डमी जनपठा भणबर येशूलाइ बेरी-बेरी बिन्ति अर्यो।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


यिन कुरणी परमप्रभु भण्नाहान, जइले सृष्टिको सुरु बठेइ यिन कुरणी जाणिराइछ।’”


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


परिणाम स्वरुप तिनन परमेश्वरसित अनन्त जीवनको आसा अददाहान क्याकि परमेश्वर, जइले कभइ झुटि बोल्लाइन्न, उनले संसारको सृष्टि अददाहइ पइल्ली बाचा अर्याछ कि उनरा मान्सन सदाइकिलाइ बाच्या हुन।


यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।


दुइ साक्षिले परमेश्वरको सन्देश प्रचार अरिसक्या पछा अतल कुण्ड बठेइ निकल्या यो राक्षस तिनन दुइ मान्ससित लड्डया हो, तिननलाइ जितिबर माद्द्या हो।


त्यो राक्षस जो भौत पइल्ली जिउनो थ्यो रे अइल यइ समयमि आथिन, उन आठौं राजा हुन। तर त्यो आठौं राजा सुरुका सात मध्ये एक हो। छाड्डीबार तइ राजालाइ पक्‍कालगइ सदाइकि निउति सजाय दिइन्या हो।


तइसित धर्तिका राजानले व्यभिचार अरिराइछन, रे अंगुरको रसले मात्तिएकि जसेरि पृथ्बीका मान्सन तइका पापी काममी सहभागी भया।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


रे मइले मर्या मान्सन धेक्या, जो महत्वपूर्ण रे महत्वहिन छन, तइ सिंहासनका अगाडी कल्लिया धेक्या। मान्सन जो समुद्रमी डुबिबर मर्याथ्या, चिहानमि भया सबइ मर्या लगइ, सबइ मान्सन जो पातालमि थ्या, तिनन सब सिंहासनका सामने कल्लिया। त्यो किताब खोलियो जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया आथिन। तिन किताब लगइ खोलिया जइमि मान्सनले कि अर्याछ सब लेखियाथ्यो, रे प्रत्येकलाइ उइले अर्या काम अनसार न्याय गरियो, जो तइ किताबमी लेखियाथ्यो।


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिननले सेता लत्ता लाउन्या हुन। म तइ मान्सको नाउ तइ किताब बठेइ मेटिदिन्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तर म मेरा बा रे उनरो सेवा अद्द्या दुतका सामने कल्लिनउ म घोषणा अद्द्या हु कि म यइ मान्सलाइ चन्नउ।


Lean sinn:

Sanasan


Sanasan