Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 2:2 - डोटेली नयाँ करार

2 आफ बिश्वासि हु भणन्या भौतले यिन झुटा शिक्षकका अनैतिक कुरणीको अनुसरण अद्द्या हुन, रे बिश्वास नअद्द्या और मान्सनले साँचो जीवन बिताउन्या बारेमि निन्दा अद्द्या हुन।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 2:2
36 Iomraidhean Croise  

तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


क्याकि अनन्त जीवनमी पुगाउन्या साँणो ढोका हुन्छ रे बाटो असजि हुन्छ, रे तइ पाउन्या थोक्काइ मान्सन हुनाहान।”


तिननले आइबर उनलाइ भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइकि डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो ठिक रितिले सिकाउछौ। आब तम हामलाइ भण, कि मोशाको कानुनले सम्राट लाइ कर तिद्दाइ अनुमति दिन्छ कि दिनइन?


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


“तु सैतानको चेलो, सारा धार्मिकताको दुस्मन, सब छल रे दुष्टताले भरिया। कि तु प्रभुको सोजो बाटो बाङो बनाउन छाड्डैनि?


तर बिश्वास नअद्द्या यहुदि मान्सनले गैर-यहुदि मान्सनलाइ उर्यायो रे तिननले बिश्वासि भाइनको बिरोध अर्यो।


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


तिन यहुदि सभाघरमी साहससित बोल्ल पस्या। तर तिनले बोलेइ कुरणी सुणिबर प्रिस्किला रे तइका बैकान अकिलासले तिनलाइ आफना घर लेयो, रे तिनले परमेश्वरको मुक्तिको तरिकालाइ नीकेरि भणबर तिननलाइ सम्जाइ दियो।


तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।


मइले यइ उद्दारका बाटामि लाग्या मान्सनलाइ मृत्यु सम्मइ सताया, पइ बैकान रे स्वानी मान्स दुएइलाइ बादिबर झेल हाल्दिया।


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


तबइकिलाइ यो पबित्र सास्त्रमि लेखिया छ, “तु यहुदि मान्सका लाग्दा, गैर-यहुदि मान्सनले परमेश्वरको बिरुद्दमि निन्दा अददाहान।”


तबइकिलाइ म सल्लाह दिनउ। जबान बिधवाले ब्या अरुन चेलाचेली पाउन घरबार सम्हालुन। ताकि बिरोधिले तिनरा बिरुद्दमि केइ भणन सक्द्या होइन।


रे संयमि, रे समजदारि सित ब्यबहार अद्देइ, दयालु, आफना घरको हेरबिचार अद्देइ, आफ्ना बैकानलाइ आदर दिनेइ हुनु पणन्छ, ताकि परमेश्वरको बचनको बारेमि कसइले निन्दा अद्द जन सकउ।


तेरो शिक्षा सदाइ सत्य रे आलोचना नहुन्या हुनु पणन्छ ताकि जो तेरा बिरोधमी छन तिनन सर्ममि पडुन, क्याकि तिननले हामरा बारेमि केइ गलत कुरणी भणन सकद्या होइन्न।


परमेश्वरमि बिश्वास नअद्द्या मान्सन तमनका वलतिर पलतिर हुनाहान रे तमनले गलत अददाछौ भणन सक्दाहान। इसो असल जीवन बिता कि तिननले तमनले अद्द्या असल काम धेक्द्या हुन रे ख्रीष्टको फर्कि आउने दिनमि परमेश्वरलाइ महिमा दिन्या हुन।


तर यिन झुटा शिक्षक जंगली जनाबर जसा छन। यिन जनावरले कसेरी सोच्चु हो जाण्नाइन रे तिनन केवल समाइबर मारिन्या उद्देश्यले मान्तर बन्या हुनाहान। यिन मान्सनले जी तिनरा दिमागमि आउछ तेइ अददाहान, रे तिननले नबुज्या कुरणीको लगइ अपमान अददाहान। तिनन पक्‍कालगइ नास हुन्या हुन।


तिननले असल अद्द छाडया छन, रे तिननले त्यइ ननिका काम अद्द सुरु अर्या छन, जो बओरको चेलो बालामले भौत समय अगाडी अर्याथ्यो। उनले ननिका काम अरिबर पैसा कमाउन्या मन पणायो।


तिननले तिन मान्सनलाइ लोपमि पाड्डाहान जो भर्खरइ बिश्वासि भया छन रे दुष्ट मान्सनले अद्द्या काम अद्द छाडया छन। तिननले तिनरो पापी मानब स्वभाबले अद्द चाया खराब काम अददाइ उत्साहित अरिबर तिननलाइ पापको लोपमि फसाउनाहान।


मेरो भणनुको अर्थ यो हो कि, ख्रीष्टलाइ कभइ स्वीकार नअर्या मान्सन भण्ना ख्रीष्टलाइ त्याग्द्या मान्सनलाइ परमेश्वरले कडा दण्ड दिन्या हुन। यदि तिननले धर्मि जीवन बिताउनुको अर्थ कि हो भणबर कभइ था नपाया भया निको हुनेइथ्यो। आब तिननलाइ था छ कि, कि असल हो, तर तिननले परमेश्वरको आज्ञा अर्या कुरणी माण्ना बठेइ इन्कार अर्या छन। यिन आज्ञा हाम, येशू ख्रीष्टले छान्या शिष्याले सिकाया हु।


तर सदोमलाइ नास अददाहइ अगाडी उनले लोतलाइ जोगायो, जो एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, लोतले सहर छाडिबर गया रे परमेश्वरले उइलाइ बचायो। लोत भौत चिन्तामी थ्या क्याकि सदोम सहरका मान्सनले नियम पालन अरेइन रे लाज लाग्द्या काम अर्यो।


तर परमेश्वरको आराधना नअद्द्या मान्सनले नबुज्या कुरणीलाइ निन्दा अरिबर ननिका सब्द भण्नाहान, रे जब तिननले जंगली जनावरका जसो ब्यबहार अददाहान रे नसोचिबर तिननले जाण्या कुरणी अद्दाहान, तब परमेश्वर तिननलाइ दण्ड दिन्या हुन।


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


पइला राक्षसको सक्ति बठेइ अचम्मका कामका लाग्दा भौत मान्सनले दोसरा राक्षस बठेइ धोका पायो रे प्रभाबित भया। दोसरा राक्षसले मान्सनलाइ तरबारले घाइते भया तर निको भया पइलो जनावरको आराधना अददाइ मुर्ति बनाउनाइ भण्यो।


रे यइ धर्तीमि बास अद्द्या सब मान्सनले उनलाइ आराधना अर्यो। उनरो आराधना नअद्द्या केवल तिनन मान्सन थ्या जइका नाउ यइ संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेखिया आथिन, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। त्यो किताब थुमाको किताब हो जइलाइ बलिदानका रुपमि मारिया थ्यो।


Lean sinn:

Sanasan


Sanasan