मर्कुस 5 - जुम्लीइसुले भुत लाग्या मान्ठकन भलो गर्या ( मत्ति ८:२८-३४ ; लुका ८:२६-३९ ) 1 अनि इसु र तिनुका चेलाहरु तालको पारिपट्टि गेरासेनसहरुको मुलुकमै आया। 2 तब इसु नाउबाट बाइर निक्लुना बित्तिकै भुतआत्मा लाग्या एकजुना मान्ठ च्यानहरुबाट उनुकन भेट्न आयो। 3 अनि तेइ मान्ठ च्यानहरुमै बैथो छियो। कोइले पुनि तेइकन स्हाङ्लाले बान्न स्हक्ता छियानुन्। 4 क्यानकि तेइ मान्ठ मथ्थै चोटि नेल र स्हाङ्लाले बान्या छियो, तर पुनि तेइ मान्ठले स्हांलाहरु ठुन्का ठुन्का गरिदिन्छियो। र तेइकन कोइले पुनि कब्जा गन्न स्हक्ता छियानुन्। 5 अनि तेइ रातादिन जैले पुनि च्यान र डाँडाहरुमै कोक्काउँदै आपुले आपैकन ढुङगाले कोद्दै हँड्डो छियो। 6 जब तेइले इसुकन टाडैबाट देख्योर डगुड्डै आइ तिनुकन ढोग्यो। 7 अनि तेइले ठुलो डाकाले कोक्काउदै भुन्यो, “हे स्हबै भुन्दा ठुला परमेसोरका छोरा इसु, तुम्मो मु स्हात क्या मतलब? मु परमेसोर स्हात किरिया खाइकन बिन्ति गद्दोछु, मुकन दुख नदेउ।” 8 क्यानकि इसुले तेइकन पैलै भुन्याछिया, “याइ नराम्मो आत्मा तो तेइ मान्ठबाट निक्लि बाइजा।” 9 तब इसुले तेइकन स्होद्या, “तेरो नाउँ क्या हो?” तेइले भुन्यो, “मेरो नाउँ त फौज हो, क्यानभुन्या हामि मथ्थै छौं।” 10 अनि तेइ भुतआत्माले इसुकन बिन्ति गद्दै भुन्यो, “हामिकन यइ ठौरबाट नधपाइ देउ।” 11 तब ताँइ नजिकैको डाँडामै सुँगुरको एक ठुलो बगाल चद्दै छियो। 12 अनि तिँ भुतआत्माहरुले इसुकन यइथो भुनि बिन्ति गर्या, “हामिकन सुँगुरहरुति जानदेउ, र हामि तिँ भित्त पस्छौं।” 13 तब इसुले भुतहरुकन जान्या आग्या दिया, र भुतआत्माहरु तेइ मान्ठबाट बाइर निक्लेर सुँगुरहरु भित्त पस्या, अनि लगभक दुइ हजार सुँगुरहरुको तेइ बगाल अत्तालिनै भिरबाट फट्याक हाल्या, र स्हबै डुबिकन मर्या। 14 तेइपछि तिँ सुँगुर चराउन्याहरु भाग्यार सहर र गाउँ गाउँमै रैबार दिया। तब क्या भया हो तेइ हेन्न मान्ठहरु ताँइ आया। 15 तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या। 16 अनि जोले यइ भया कुडाहरु देख्या छिया, तिनुहरुले भुत लाग्या मान्ठ र सुँगुरहरुकन क्या भयाछियो तेइ भुन्दिया। 17 तब तिनुहरुले इसुकन बिन्ति गद्दै भुन्या, “हाम्मो ठौरबाट बाइजाउ।” 18 इसु नाउमै चढ्न्याबेला तेइ भुतआत्मा लाग्या मान्ठले बिन्ति गद्दै भुन्यो, “मुकन तुमिस्हात आउन देउ।” 19 इसुले तेइकन आउन दियानुन्, तर तेइकन भुन्या, “तो आम्नो घरमै गयर तेरा प्रभुले तोकन गर्या म्हाँन काम र दयाको बार्यामै स्हात्याहरुकन बयान गर।” 20 अनि तेइ मान्ठ गयो, र इसुले तेइको निम्ति कति ठुलो काम गर्या छिया, तेइको बार्यामै डेकापोलिस इलाकाभरि प्रचार गन्न लाग्यो, र स्हबैले अचुम्म मान्या। याइरसकि छोरि र मुदौरि स्हैनि ( मत्ति ९:१८-२६ ; लुका ८:४०-५६ ) 21 तब इसु फेरि नाउमै तालको पारिपट्टि गया, अनि एक ठुलो भिड तिनुको वरिपोरि आयो। तेइबेला इसु तालको छाइलति छिया। 22 अनि सबाघरको सासकहरु मद्दि याइरस नाउँ गर्या एकजुना इसुति आयो, र उनुकन देख्योर गोडामै घोप्ट्या पर्यो। 23 अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।” 24 तब इसु तिनुस्हात गया। र एक ठुलो भिड तिनुको पछाडि लाग्यो, अनि मान्ठहरु तिनुको ओरोपोरि घुचाघुच गन्न लाग्या। 25 अनि बार बस्र्ह देखि रगत बग्न्या एक मुदौरि स्हैनि पुनि ताँइ छि। 26 तेइ मथ्थै बैद्याहरुति गइ तर भलो हुना स्हट्टा झुन दुख पाइ। आपुस्हात भया सारा धुन सुम्पति खर्च गरि र पुनि झुन नराम्मो हालतमै पुगेइछि। 27 इसुको बार्यामै तेइले स्हुनेइ हुनाले भिडको पछाडिबाट आइकन उनुका टाला छुइ। 28 क्यानभुन्या तेइले मुनमुनै भुनि, “मोइले इसुको टाला छोयाँ भुन्या पुनि मु भलो हुन्याछु।” 29 अनि स्हाँट्टै तेइको रगत बग्न छोड्यो, र आम्नो हडको रोग भलो भया तेइले थाँ पाइ। 30 तब इसुले आपुबाट सक्ति बाइर निस्क्या थाँ पाया र पछाडि फर्कि मान्ठहरुकन स्होद्या, “कोइले मेरो टाला छोयो?” 31 चेलाहरुले इसुकन भुन्या, “भिडले ठेलाठेल गर्या तुमिले देख्याकै छौ, अनि भुन्नाछौ मोकन कोइले छोयो?” 32 इसुले आपुकन कोइले छोया हो भुनि चारैतिर हेन्न लाग्या। 33 तब आपुकन ज्या भयाछियो, तेइ थाँ पाइर तेइ स्हैनिले भेइमानि काम्दै आइ इसुको अगेडि घोप्टो पडि, र इसुकन स्हबै स्हाँचो कुडा भुनिदिइ। 34 अनि इसुले स्हैनिकन भुन्या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्याछ। सान्तिले जा।” 35 इसुले बोल्लै गद्दा, सबाघरको सासक याइरसको घरबाट मान्ठहरु आयार भुन्या, “तुम्मि छोरि त मरिगै। अब गुरुज्युकन क्यान दुख दिन्छौ?” 36 तर तिनुहरुले गर्या कुडाहरुकन ध्यान नदिइ इसुले सबाघरका सासककन भुन्या, “भेइ नमान, बिसास मात्तै गर।” 37 अनि इसुले पत्तुरुस, याकुब र याकुबका भाइ युहन्नाकन बायक अरु कैकन पुनि आपु स्हात आउन दियानुन्। 38 उनुहरु सबाघरका सासकको घरमै आया, अनि इसुले हल्लाखल्ला गन्न्याहरु, रुन्याहरु र ठुलो झकारो हाल्याहरुकन देख्या। 39 अनि इसु घर भित्त पस्यार तिनुहरुकन भुन्या, “तुमिहरु क्यान हल्लाखल्ला गद्दछौ र रुन्छौ? छोट्टि मर्याइ नाइ, ढुलेइ छ।” 40 तर तिनुहरुले इसुका कुडा स्हुन्यार हाँस्या। तब इसुले तिनुहरु स्हबैकन बाइर धपाया, र छोट्टिका बाबा र आमा इसु स्हात हुन्या तिन जुनाकन स्हातै ल्हिइकन छोट्टि भया कोठा भित्त गया। 41 अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।” 42 तब तेइ बार बर्स्हकि छोट्टि तुरुन्तै उठि, र हड्न लागि। तेइ देख्यार तिनुहरुले अचुम्म मान्या। 43 अनि इसुले तिनुहरुकन यइ कुडा कैकन पुनि नभुन्नु भुनि स्हारो आग्या दिया। तब इसुले भुन्या, “छोट्टिकन केइ खान्या कुडा देउ।” |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.