Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

मर्कुस 3 - जुम्‍ली


हात स्‍हुक्‍या मान्‍ठ भलो भयो
( मत्‍ति १२:९-१४ ; लुका ६:६-११ )

1 इसु फेरि सबाघरमै पस्‍या। ताँइ हात स्‍हुक्‍या एक जुना मान्‍ठ छियो।

2 कैले इसुले तेइकन पट्‌याइको दिनमै भलो गद्‌दाछुन् कि भुनि बदि लाउन मान्‍ठहरु इसुको चियोमै छिया।

3 तब इसुले हात स्‍हुक्‍या मान्‍ठकन भुन्‍या, “न्‍या आ र स्‍हबैका अगाडि उबि।”

4 इसुले तिनुहरुकन भुन्‍या, “क्‍या अइन उनुसार पट्‌याइको दिनमै भलो गन्‍न्‍या कि कुभलो गन्‍न्‍या? परान जगाउन्‍याकि नास गन्‍न्‍या‌? क्‍या गन्‍न ठिक छ?” तर तिनुहरु चुप्‍प लाग्‍या।

5 अनि इसुले तिनुहरुको हिर्‌दय कठोर भया देख्‍यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्‍या। अनि तेइ मान्‍ठकन भुन्‍या, “तेरो हात पस्‍हार।” तेइले हात पस्‍हार्‌यो र भलो भयो।

6 तब फरिसिहरु गैइ तुरुन्‍तै हेरोद राजाका मान्‍ठहरुस्‍हात कस्‍हरि इसुकन मान्‍न्‍या भुनि इसुको बिरुद्‌दमै स्‍हल्‍ला गर्‍या।


मथ्‍थै मान्‍ठहरु इसुकापछि लाग्‍या
( मत्‍ति १२:१५-१६ ; लुका ६:१७-१९ )

7 तेइपछि इसु आम्‍ना चेलाहरुस्‍हात गालिल तालतिर गया, र ताँ मथ्‍थै मान्‍ठहरु उनुको पछि लाग्‍या।

8 तब यहुदिया, यरुसलेम, इदुमिआ, यर्दनपारि टुरोस र सिदोनका ओरिपोरिबाट मथ्‍थै मान्‍ठहरु इसुले गर्‍या अचुम्‍मका काम स्‍हुन्‍यार ताँइ आया।

9 अनि मथ्‍थै मान्‍ठहरुले आपुकन नमिचोस् भुनि इसुले आम्‍ना चेलाहरुकन आम्‍नो निम्‍ति एक नाउ तयार गन्‍न लाया।

10 इसुले मथ्‍थै मान्‍ठहरुकन भलो पाड्‍या हुनाले मुदौरा स्‍हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्‌दा छिया।

11 जब भुतआत्‍माहरुले इसुकन देख्‍ताछिया, तब उनुको अगेडि घोप्‍टो पडेर यइथो भुन्‍दै चिच्‍याउन्‍छिया, “तुमि परमेसोरका छोरा हौ।”

12 तर इसुले आम्‍नो बार्‍यामै कैकनै नभुन्‍नु भुनि तिनुहरुकन स्‍हारो हुकुम दिया।


इसुले बार जुना चेलाहरुकन छान्‍या
( मत्‍ति १०:१-४ ; लुका ६:१२-१६ )

13 तेइपछि इसु डाँडामै उल्‍क्‍या, र आपुकन मुन पड्‌न्‍या जतिकन घोइराया, अनि तिनुहरु इसुति आया।

14 अनि इसुले आपुस्‍हातै बैन्‍या र प्रचार गन्‍न पठाउनका निम्‍ति बार जुना चेलाहरुकन छान्‍या र तिनुहरुकन मुख्‍य चेला भुनि नाउँ दिया।

15 र तिनुहरुकन भुतहरु निकाल्‍या अदिकार पुनि दिया।

16 ति बार जुना मुख्‍य चेलाहरु यिँयै हुन्, सिमोन जैको नाउँ पत्‍तुरुस राख्‍या,

17 जब्‍दियाका छोरा याकुब र तिनुका भाइ युहन्‍ना, तिनुहरुकन इसुले बोअनर्गेस या गर्जनका छोराहरु भुन्‍न्‍या नाउँ दिया।

18 अनि अन्‍द्रियास, फिलिप, बारथोलोमाइ, मत्‍ति, थोमा, अल्‍फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,

19 र यहुदा इस्‍कोरियोत जोले इसुकन पक्‍डाइ दियो।


इसु र बालजिबुल
( मत्‍ति १२:२२-३२ ; लुका ११:१४-२३ ; १२:१० )

20 तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्‍मा भयो न्‍यास्‍हम्‍मकि उनु र उनुका चेलाहरुले खच्‍च खान पुनि पायानुन्।

21 जब इसुका झानले यइ स्‍हुन्‍या, तब उनुकन ल्‍याउन गया, क्‍यानकि उनुको मुन ठेगानमै नाइ भुनि तिनुहरु भुन्‍नाछिया।

22 यरुसलेमबाट आया अइनका धर्मगुरुहरुले भुन्‍या, “तेइस्‍हात बालजिबुल भुन्‍या मुख्‍य भुत छ, र तेइको सक्‍तिबाट नै भुतहरु निकाल्‍लो छ।”

23 तर इसुले तिनुहरुकन आपुति घोइरायार उखानहरुबाटै भुन्‍या, “सैतानले सैतानकन कस्‍हरि निकाल्‍ल स्‍हक्‍छ?

24 कोइ राज्‍याको आपुस्‍तमै फाटो भयो भुन्‍या तेइ राज्‍या टेक्‍न स्‍हक्‍तैन।

25 कोइ घरका मान्‍ठहरुको आपुस्‍तामै फाटो भयो भुन्‍या तेइ घर टेक्‍न स्‍हक्‍तैन।

26 यति सैतानले सैतानकै बिरोदमै उबियर फाटो ल्‍याउँछ भुन्‍या, तेइ कस्‍हरि टेक्‍न स्‍हक्‍छ? तेइको पुनि नास हुन्‍छ।

27 “कोइले जोरिल्‍लो मान्‍ठका घरमै पसेर तेइको धुनमाल चोन्‍न खोइदोछ भुन्‍या, तेइले जोरिल्‍लो मान्‍ठकन पैला बान्‍नोछ। तेइपछि मात्‍तै तेइले जोरिल्‍लो मान्‍ठको घर चोन्‍न स्‍हक्‍तोछ।

28 “स्‍हाँच्‍चि, मु तुमिहरुकन भुन्‍दछु, मान्‍ठहरुका पाप र परमेसोरको बिरोदमै गर्‍या स्‍हबै पाप माप गरिन्‍याछ।

29 तर पबित्‍त आत्‍माको बिरोदमै पाप गन्‍न्‍याकन कैले पुनि माप गरिन्‍यानाइ, तर तेइ अजम्‍बरि पापको दोसि हुन्‍याछ।”

30 इसुले यइ बचन भुन्‍या, क्‍यानभुन्‍या “तिनुहरुले इसुमै भुतआत्‍मा छ” भुनि भुन्‍नाछिया।


इसुका आमा र भाइहरु
( मत्‍ति १२:४६-५० ; लुका ८:१९-२१ )

31 तब इसुकि आमा र भाइहरु ताँइ आया, र बाइरै ढुकि उनुकन डाक्‍न रैबार्‍या पठाया।

32 अनि भिड इसुको ओरिपोरि बसिरया छियो र तिनुहरुले उनुकन भुन्‍या, “हेर, तुम्‍मि आमा र भाइहरु तुमिकन बाइर खोइदैछुन्।”

33 तब इसुले तिनुहरुकन भुन्‍या, “मेरि आमा र भाइहरु को हुन्‌?”

34 अनि इसुले स्‍हबैतिर मान्‍ठहरुकन हेर्‍यार भुन्‍या, “हेर, मेरि आमा र भाइहरु यिँ हुन्‌।

35 क्‍यानकि जोले परमेसोरको इच्‍छ्‍या पालना गद्‌दाछुन् तिनुहरु नै मेरि आमा, भाइ र बुइनि हुन्‌।”

© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.

Wycliffe Bible Translators, Inc.
Lean sinn:



Sanasan