लुका 23 - जुम्लीपिलातसले इसुको निसाप गर्छ ( मत्ति २७:१ , २ , ११-१४ ; मर्कुस १५:१-५ ; युहन्ना १८:२८-३८ ) 1 सबाका स्हबै मान्ठहरु उठ्यार इसुकन रोमि सासक पिलातसति ल्याया। 2 तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’” 3 पिलातसले इसुकन स्होद्या, “क्या तुमि यहुदिहरुको राजा हौ?” इसुले भुन्या, “तुमि आपै भुन्नाछौ।” 4 तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।” 5 तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।” इसु हेरोद राजाको अगेडि 6 अनि पिलातसले यइ स्हुन्यार स्होद्या, “यइ मान्ठ गालिलको हो?” 7 अनि इसु हेरोद राजाले सासन गन्न्या ठौरका मान्ठ हुन भुन्न्या थाँ पाइकन पिलातसले तिनुकन हेरोदति पठाइदिया। ति दिनमै हेरोद पुनि यरुसलेममै छिया। 8 तब इसुकन देख्यार हेरोद जात्ति खुसि भया, क्यानभुन्या तिनुले इसुको बारेमै स्हुन्या हुनाले मस्तै दिनदेखि इसुकन हेन्या इच्छ्या गर्या छिया। इसुले केइ अच्चुमका काम गर्या हेन्न्या आसा गद्दा छिया। 9 तिनुले इसुकन मस्तै कुडा स्होद्या, तर इसुले केइ जबाक दियानुन्। 10 मुख्य पुजारिहरु र धर्मगुरुहरु उब्बियर इसुका बिरुद्मै कोकाउदै दोस लगाउन खोज्या। 11 हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया। 12 पैला हेरोद र पिलातसको बिचौदो सत्तुरेइलो छियो, तर तेइ दिनबाट तिनुहरुको मिलापत्त भयो। इसुकन मार्न्या सजाया दिया ( मत्ति २७:१५-२६ ; मर्कुस १५:६-१५ ; युहन्ना १८:३९—१९:१६ ) 13 तब पिलातसले मुख्य पुजाहारिहरु, सासन गन्न्याहरु र मान्ठहरुकन जुम्मा गर्या। 14 पिलातसले तिनुहरुकन भुन्या, “तुमिहरुले मान्ठहरुकन यइ मान्ठले भड्कायो भुनि, यिनुकन मेरो अगेडि ल्यायौ। तर तुमिहरुकै अगेडि स्होद्दा, तुमिहरुले लाया दोस यिनुमै मोइले केइ पुनि भेटाइन। 15 हेरोदले पुनि गल्ति पायानुन्, तेइबिअ तिनुले इसुकन हामिति नै फर्काइदिया। हेर यिनुले मार्यै पाउन्या केइ गल्ति गर्या नाइ। 16 यइबिअ मु यिनुकन सजाया दिइकन छोडिदिन्याछु।” 17 [तब ताँइको चलन उन्सार मुक्तिको त्युबारमै रोमि सासकले एक कैदिकन छोडिदिनु पड्डो छियो।] 18 तर स्हबै मान्ठहरुले कोकाउदै भुन्या, “यइकन मार्नै पड्छ, बरु बारब्बाकन छोड्देउ!” 19 (बारब्बा सहरमै भया आतंक र हत्याका आरोपमै झ्यालखानामै थुनिया छियो।) 20 इसुकन छोडिदिन्या इच्छ्याले पिलातसले तिनुहरुकन मनाउन खोज्या। 21 तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!” 22 फेरि तेर्स्होचोटि पिलातसले तिनुहरुकन भुन्या, “क्यान? यिँनुले क्या अपराद गर्या छुन र? मोइले यिनुकन मार्न्या दन्ड दिन्या केइ दोस फेलापारिन यइबिअ मु यिनुकन कोर्रा लाइकन छोडिदिन्याछु।” 23 तर तिनुहरुले ठुलो डाको गाडि कोकाउदै तेइकन क्रुसमै टाँग्नै पड्छ भुन्न्या माग गर्या। र तिनुहरुले कोकायार भुन्या कुडा पुरा भयो। 24 अनि पिलातसले तिनुहरुको माग पुरा गरिदिन्या निदो गर्या। 25 तिनुले तेइ मान्ठकन छोडिदिया तेइ आतंक र हत्याको आरोपमै झ्यालखानामै पड्या छियो, तेइकन छोडिदेउ भुनि माग गर्या छिया, तर पिलातसले इसुकन तिनुहरुको इच्छ्यामै जिम्मालाया। इसुकन क्रुसमै टाँग्या ( मत्ति २७:३२-४४ ; मर्कुस १५:२१-३२ ; युहन्ना १९:१७-२७ ) 26 सिपाइहरुले इसुकन ताँइबाट ल्हिदैगद्दा, गाउँबाट सहर आइरया कुरेनि भुन्न्या ठौरमै बैन्या सिमोन नाउँ भयाकन स्हमात्या। अनि तिनुकन क्रुस बोकाइ इसुको पछि पछि हड्न लाया। 27 मान्ठहरुको ठुलो भिड इसुको पछि आयो। ताँइ स्हैनिहरु पुनि छिन्, इसुको लेखि तिँ सोक गद्दै र रुदैछिन्। 28 तर तिनुहरुतिर फर्केर इसुले भुन्या, “ए यरुसलेमकि छोरिहरु हो, मेरा लेखि नरोउ तर तुमिहरु आम्नो लेखि र आम्ना छोराछोरिका लेखि रोउ। 29 क्यानभुन्या ति दिन आइरया छुन्, जब मान्ठहरुले भुन्न्याछुन्, ‘धन्याकि हुन बाँजिहरु र भाउ नपाउन्या कोखहरु र दुत नप्याउन्या स्हैनिहरु।’ 30 तब मान्ठहरुले पाहाडहरुकन भुन्न्याछुन, ‘हामि माथि छत्ति’ र डाडाँहरुकन भुन्न्याछुन्, ‘हामिकन ढाक।’ 31 क्यानकि आलै रुख हुँदा त तिनुहरुले यइथो काम गद्दाछुन भुन्या, रुख स्हुक्या पछि क्या गरनान्?” 32 अनि सिपाइहरुले दुइ जुना अपरादिकन पुनि इसु स्हातै मार्न्या दुन्ड दिन ल्हिया। 33 तब तिनुहरु खप्परे भुन्या ठौरमै आया अनि ताँइ तिनुहरुले इसुकन मान्न क्रुसमै टाँग्या, र तिँ अपरादिहरुमद्दि एक जुनकन दाइन्या र अक्काकन दाब्र्यापट्टि मान्न क्रुसमै टाँग्या। 34 अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया। 35 मान्ठहरु ढुकिकन हेरिरया छिया। अनि यहुदि अगुवाहरुले इसुकन गिज्याउदै भुन्या, “यइले अरुकन बचायो, परमेसोरको छान्या मुक्ति दिन्या ख्रिस्ट हो भुन्या यइले आपैकन पुनि बचाओस्।” 36 सिपाइहरुले पुनि आयर चुकिलो अंगुरको जाँड दिइ यइथो भुनि खिसि गर्या, 37 “तो यहुदिहरुको राजा होइ भुन्या आपुकन बचा।” 38 “यइ यहुदिहरुको राजा हो।” भुन्न्या दोस पत्तर पुनि उनुको कप्पाल माथि ठोक्याछियो। 39 क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!” 40 तर तेइकन हप्काउदै अक्काले भुन्यो, “तोइले पुनि तिनुका जैथै दुन्डमै पड्याछै, रपुनि परमेसोरको भेइ मान्दैनै? 41 हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।” 42 तब तेइले भुन्यो, “हे इसु तुमि आम्नो राज्यामै आउँदा मुकन पुनि स्हुम्ज्या।” 43 इसुले तेइकन भुन्या, “स्हाँच्चि मु तुमिकन भुन्दछु, आजै तुमि मु स्हात सोर्गमै हुन्याछौ।” इसु बित्या ( मत्ति २७:४५-५६ ; मर्कुस १५:३३-४१ ; युहन्ना १९:२८-३० ) 44 लग्बक् बार बज्या छियो, तेइबेला देखि तिन बज्या स्हुम्म सारा देसकन उध्यारोले ढाक्यो। 45 बेलले उज्यालो दिन छोड्यो, र मुन्दिरको पर्दा मद्दिउदो चिरियर दुइ भाग भयो। 46 अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो। 47 यइ स्हबै देखिकन रोमि हाकिमले यस्तो भुन्दै परमेसोरको महिमा गर्यो, “स्हाँच्चि नै यिँ मान्ठ धार्मिक छिया।” 48 यइ हेन्न जुम्मा भया स्हबै मान्ठहरुले यिँ स्हबै देख्यार रुँनै र सोक गद्दै घर फर्क्या। 49 तर इसुकन रउन्याहरु अनि गालिलबाट उनुको पछि पछि आयइ स्हैनिहरुले टाडा ढुकिकन यि कुडाहरु हेरिरयाइ छिन्। इसुकन दफन गन्न्या काम ( मत्ति २७:५७-६१ ; मर्कुस १५:४२-४७ ; युहन्ना १९:३८-४२ ) 50 योसेफ नाउँ भया एक जुना राम्मा धर्मि मान्ठ छिया, तिँ ठुला सबाका सदस्या छिया। 51 उनुले तिनुहरुका स्हल्ला र इसुकन मान्न्या काममै सहमत भया छियानुन्। ति यहुदियाको अरिमाथिया सहरका मान्ठ छिया, तिँ परमेसोरका राज्याको बाटो हेद्दैछिया। 52 तिनुले पिलातसति गइ इसुको हड माग्या। 53 तिनुले इसुको हड तल क्रुसबाट ओरालिकन सुतिका टालाले बेडेर र पडामै खोपेर बुनाया च्यानमै राख्या। ताँइ च्यानमै कैखै पुनि मडो राख्या छियोन। 54 तेइ पट्याइ मान्न्या दिनका लागि स्हतिन्या दिन छियो, अनि पटेइ मान्या दिन सुरु हुनै लाग्या छियो। 55 गालिल ठौरबाट इसु स्हात आयइ स्हैनिहरु पुनि योसेफ स्हात पछि पछि गइन् र तेइ च्यानमै इसुको हड क्यागरि राख्या छियो देखिन्। 56 अनि फर्केर तिनुहरुले इसुको हडमै लाउन्या मलम र बास आउन्या तेल बुनाइन्। अनि यहुदिको अइन उनुसार पट्याइका दिन तिनुहरुले पट्याइ मार्या। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.