लुका 2 - जुम्लीइसुको जुन्म ( मत्ति १:१८-२५ ) 1 तेइबेला रोमिका म्हाँराजा अगस्टसले स्हबै राज्यभरिका मान्ठहरुको गन्ति गन्नुपड्छ भुनि हुकुम दिया। 2 कुरेनियस सिरियाका ठुला हाकिम भया बेला पैलो जुनगनना छियो। 3 तेइबिअ स्हबै जुन नाउँ दत्ता गराउन आम्ना, आम्ना जुन्म्याथला गया। 4 तेइबेला योसेफ पुनि नाउँ दत्ता गन्न गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भुन्या राजा दाउदको गाउँमै गया, क्यानभुन्या तिँ दाउदका स्हुन्तान छिया। 5 नाउँ दत्ता गराउन आपुकन मागियाइ मरियमकन स्हातै ल्हिकन गया, तेइबेला मरियाम गुर्बिनि छिन्। 6 तिनुहरु बेथलेहेममै भयाकै बेला स्हुत्केरि हुन्या बेला आयो। 7 तिनुले आम्नो जेठो भाउ जुन्माइन् र उनुकन टालाले बेडिकन डुँठोमै राखिन्, क्यानभुन्या तिनुका निम्ति धरमसालामै बइन्या ठाउँ छियोन। परमेसोरका रैबार्या र भेडिगला 8 बेथलेहेम गाउँति भेडिगला चउरौनि रातभरि आम्ना भेडाका हेरबिचार गद्दा छिया। 9 प्रभुका रैबार्या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्यालो तिनुका वरिपोरि चुम्क्यो, अनि तिनुले जात्तिगरि भेइ मान्या। 10 तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन। 11 आज दाउदको सहरमै तुमिहरुका बिअ एक जुन मुक्तिदिन्याको जुन्म भयाछ, तिँ ख्रिस्ट प्रभु हुन। 12 तुमिहरुकन चिनारि यइ हुन्याछ, तुमिहरुले भाउकन टालाले बेडिकन डुँठोमै स्याइराख्या देख्न्याछौ।” 13 तेइबेला अरु मथ्थै परमेसोरका रैबार्याहरु देखिया अनि परमेसोरको गुनगान गद्दै गाना गाउन लाग्या, 14 “सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!” 15 अनि प्रभुका रैबार्याहरु तिनुहरुबाट बिदा भइ सोर्ग तिर गइस्हक्यापछि भेडिगलाहरुले भुन्या, “आउ हामि बेथलेहेम स्हम्म जाउ, र ताँइ क्या भयाछ र परमेसोरले हामिकन भुन्या कुडा गइकन हेरौँ।” 16 तिनुहरु तापाताप गरिगया, र मरियम र योसेफ दुबैकन, र भाउकन पुनि डुँठोमै ढुलिराख्या फेला पार्या। 17 जब तिनुहरुले तेइ देख्या, गलाहरुले भाउको बारेमै प्रभुका रैबार्याले भुन्या कुडा स्हबैकन भुनिदिया। 18 यि कुडा स्हुन्याजति स्हबैले अचुम्म मान्या। 19 तर मरियमले यि स्हबै कुडा स्हुम्जुदै मुनौदा राखिन्। 20 जैथो प्रभुका रैबार्याले तिनुहरुकन भुन्याछिया तेइथै भेडिगलाहरुले स्हुन्यार देख्याहुनाले, परमेसोरको महिमा र गुनगान गद्दै फर्क्या। भाउको नाउँ इसु राख्या 21 आठ दिन पुगि स्हक्या भाउकन इस्राएलि अइन उन्सारको खतना गद्दा तिनुको नाउँ इसु राख्या, यइ नाउँ परमेसोरका रैबार्याबाट आमाका कोखौनो आउनुभुन्दा पैला दिया छियो। परमेसोरको मुन्दिरमै इसुकन स्हुम्प्या 22 मोसाको अइन उन्सार मरियम चोखिन्या दिन पुरा भयापछि, योसेफ र मारियमले भाउकन यरुसलेममै परमेसोरकन स्हुम्पिन परमेसोरको मुन्दिरमै ल्याया। 23 ज्या परमप्रभुको अइनमै लेख्या छ, “पैला जुन्मन्या स्हबै छोरा परमप्रभुको निम्ति पबित्त मानिन्याछ।” 24 अनि परमप्रभुको अइनमै भुन्याजैथै ढुकुर या परेउका एक जोला चल्ला पुनि चढाउनु पड्डो छियो। 25 तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो। 26 परमेसोरको आत्माबाट तिनुले थाँ पाया “जैबेला स्हुम्म परमप्रभुले पठाउन्या भुन्या मुक्ति दिन्याकन नदेख्या स्हम्म तुमि मन्यानाइ।” 27 परमेसोरको आत्माले सिमियोनकन डोराइकन परमेसोरको मुन्दिरभित्त ल्हिया। तेइबेला योसेफ र मरियमले पुनि अइन उन्सार इसुकन स्हुम्पिन परमेसोरको मुन्दिरभित्त ल्हिया। 28 अनि सिमियोनले भाउकन आम्नो काखौनो ल्हियार परमेसोरकन धन्यबाद दिदै भुन्या, 29 “हे प्रभु तुमिले आम्नो भाकल पुरा गर्याउ, अब आम्ना कमाराकन पठारो गरि मन्नदेउ। 30 क्यानभुन्या तुमिले पठाया मुक्तिदाताकन मेरा आँखाले देख्न पायाँ। 31 तुमिले उनुकन स्हबै जातिका मान्ठहरुले देखुन् भुनि पठाया हौ। 32 उनु नै अरु जातिका मान्ठहरुकन तुम्मो बाटो देखाउन्या जोति, र इस्राएलिहरुको महिमा हुन।” 33 भाउको बारेमै सिमियोनले भुन्या कुडा स्हुन्यार उनुका आमा र बाबाले अचुम्म मान्या। 34 अनि सिमियोनले तिनुहरुकन असिपात दिदै भाउकि आमा मरियमकन भुन्या, “यइ भाउ इस्राएलिका मथ्थै मान्ठहरुका निम्ति नास गन्न्या र बचाउन्याको चिनारि होस् भुनि परमेसोरले छान्या छुन, अनि मथ्थै मान्ठहरुले तिनुको बिरुद्द बोल्न्या छुन्। 35 यइबिअ हिर्दयका मथ्थै विचारहरु देखिउन् अनि तुम्मो हिर्दया धारिलो तरबारले छेक्या जैथै दुखले छियाछिया हुन्याछ।” 36 अनि ताँइ परमेसोरको मुन्दिरमै आसेरको कुलकि फनुएलकि छोरि हन्ना नाउँ भयाइ एक जुनि बड्डि भबिस्याका कुडा थाँ पाउँदि छिन्। भ्या भया सात बर्स पछि तिनुको पोइ मर्यो र तिँ एक्लै भइन, 37 र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्। 38 तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्। योसेफ र मरियम नासरत फर्क्या 39 परमप्रभुको अइनले भुन्या उन्सार गन्नु पड्न्या जत्ति स्हबै काम गरि स्हक्यापछि, योसेफ र मरियमले भाउकन ल्याइ आम्नै सहर नासरतको गालिलमै फर्क्या। 40 भाउ बुद्दिले बड्दै र जोरले भरिदै गया, र परमेसोरको अनुग्र तिँ स्हात छियो। छोट्या इसु परमेसोरको मुन्दिरमै 41 इसुका आमा बाबा बर्स्ह बर्स्ह मुक्तिको त्युबार मान्न यरुसलेममै जाँन्छिया। 42 जब इसु बार बर्स्हका भयाछिया तिनुका बा आमाले इसुकन ल्हिइ रिति उन्सार त्युबार मान्न यरुसलेम गया। 43 त्युबार स्हकि स्हक्या स्हबै घर फर्किन लाग्या। इसु ताँइ यरुसलेममै रया, तर तिनुका आमा बाबाले थाँहै पायानुन्। 44 इसु अरु स्हात्या स्हात हुनान स्हुचि तिनुहरु दिनभरि हँड्या। बास्हा भयापछि स्हात्या र स्हागका म्हाँजौदै तिनुकन खोइन लाग्या। 45 इसुकन काँइपुनि पायानुन् र फेरि खोइन यरुसलेम फर्क्या। 46 खोज्या तिन दिनपछि धौधौगरि परमेसोरको मुन्दिरमै फेला पाड्या। इसु धर्मगुरुहरु स्हात बसि तिनुका कुडा स्हुन्दै पुडामुखि स्होद्दा छिया। 47 इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या। 48 इसुले यइथो गर्या आमा बाबाले ताँइ देख्यार अचुम्म मान्या। मरियमले स्होदिन्, “भाउअ तोइले हामिकन यइथो क्यान गरिस्? हेर, तेरा बाबा र मु भलै आत्तिकन खोइदैछियाउँ!” 49 इसुले भुन्या, “तुमिहरुले मुकन क्यान खोज्यौ? मु आम्ना बाबाको घरमै हुनु पड्डोछ भुनि तुमिहरुकन थाँ छियोन?” 50 तर इसुले भुन्या कुडा योसेफ र मरियमले बुज्यानुन्। 51 अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्। 52 इसुले परमेसोरको अनुग्र र मान्ठको कृपा पायार हड र बुद्दिमै बड्डै बड्डै गया। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.