२ तिमोथि 3 - जुम्लीउन्तिम दिनको बार्यामै 1 तर यि कुडा थाँ पाइराख, उन्तिम दिनहरुमै जात्ति दुखका दिनहरु आउन्याछुन्। 2 तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्। 3 तिनुहरु दयामाया नभया, खुसि पाड्न नस्हकिन्या, अरुको खिसि गन्न्या, आनिबानि राम्मो नभया, डन्कार, राम्मा कुडाकन भलो नमान्न्या, 4 घात गन्न्या, उत्तौलो, मै हु भुनि घमन्ड गन्न्या, परमेसोरकन भुन्दा सुख चैनकन माया मान्न्या, 5 अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ। 6 क्यानभुन्या तिनुहरुमद्दि कोइ कोइ घर घर पसि पापले भरियै र स्हबै किसिमका अराम्मो इच्छ्या राख्न्या लिला नभयै स्हैनिकन आम्ना कब्जामै राख्थाछुन्। 7 तिँ स्हैनि सिक्न त उकुरै सिक्तिछुन् तर स्हइ ग्यान कैले रौन स्हक्तिनुन्। 8 यान्नेस र याम्ब्रेसले मोसाको बिरोद गर्याजुन, यिँ मान्ठहरुले पुनि स्हइको बिरोद गद्दाछुन्। यिँ मान्ठहरु बुद्दि बिग्र्या र स्हाँचो बिसास नभया हुन्छुन्। 9 तर तिनुहरु अझ पछिस्हम्म टेक्न स्हक्न्यानाइ, क्यानकि ति दुइ मान्ठकाजुन तिनुहरुको मुर्ख काम स्हबैति देखला पड्न्याछ। पावलले तिमोथिकन दिया उन्तिम सिच्छ्या 10 तिमोथि, मोइले सिकाया सिच्छ्या, मेरो चालचलन, मेरो उदेस्य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्हन स्हक्न्या सक्तिकन तुमिले मान्याछौ। 11 एन्टिओखिया, आइकोनियन र लुस्त्रा भुन्या ठौर मुमै दुख कस्ट आया र मोइले ति स्हयाँ रपुनि ति स्हबै दुख कस्टदेखि प्रभुले मुकन बचाया। 12 यइ भया कुडा हो, ख्रिस्ट इसुमै बिसास गरि धर्मि जिबन ज्युँन्या मुन गन्न्याहरु स्हबै जुनाले दुख पाउन्या छुन्। 13 तर दुस्ट मान्ठहरु र ठगाहरु अरुकन ठग्न्या र आपु ठगियर झुन झुन दुस्ट हुनैजान्याछुन्। 14 तर तुमि आपुले सिक्या र बदिलोस्हात बिसास गर्या यि कुडाहरुमै पक्का भैरौ। ति कैबाट सिक्यौ, तेइ तुमिकन थाँ छ। 15 तुमि नानैछिन्जादेखि पबित्त धर्मसास्तरका कुडा जान्याछौ। यिँ कुडाले ख्रिस्ट इसुमै बिसास गद्दा पाउन्या मुक्तिको बार्यामै बुइन ग्यान दिन्छ। 16 स्हबै पबित्तसास्तर परमेसोरको आत्माको सक्तिबाट लेखिया हो, र यइ सिकाउन, अत्तो दिन, स्हपान्न, धर्मि जिबन क्यारि ज्युँन्या भुन्न्या कुडा सिकाउन जात्ति काम लाग्दोछ। 17 तेइबिअ परमेसोरका मान्ठले स्हबै किसिमका राम्मा कामहरु गन्न स्हक्न्या होस्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.