१ तिमोथि 3 - जुम्लीमन्डलिका अगुवा 1 यइ कुडा स्हइ हो, “यति कोइ मान्ठले मन्डलिको अगुवाको काम गन्न मुन गर्छ भुन्या तेइको बिचार राम्मो हो।” 2 यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ। 3 जाँड रक्सि पिइ मात्तिन्या र झोकाउन्या नभइ तर स्होजो हुनुपड्छ। राडो नपाड्न्या र धुनस्हुम्पतिको लाल्चो नगन्या हुनुपड्छ। 4 आम्नो घरा झानकन राम्मो गरि हेर बिचार गन्न स्हक्न्या र तेइले आम्ना छाचुरिकन तेइको मानस्हुमान गन्या र भुन्या मान्न्या बुनाउनु पड्छ। 5 यति कोइ मान्ठले आम्नो घरा झानकन तह लाउन जान्नैन भुन्या, तेइले परमेसोरका मन्डलिको हेरबिचार क्यारि गन्न स्हकला? 6 मन्डलिको अगुवा हुन्या मुन गर्या मान्ठ प्रभुमै नौलो बिसासि हुनुहुदैन, नतर घमन्डले मात्तेर सैतानले पाउन्या दुन्ड जैथै तेइ पुनि पाउन्याछ। 7 तेइथैगरि मन्डलिको अगुवाकन बिसासि बायक अरु मान्ठहरुको हेराइमै पुनि राम्मो हुनुपड्छ, नतर तेइकन खिसि गन्न्याछुन् र तेइ सैतानको पास्हामै पड्न्याछ। 8 तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन। 9 तर तिनुहरुले पाया स्हाँचो बिसासको गैरो कुडाहरुकन आम्नो स्हुद्दो स्हुचाइले जोगाइ राख्न्या हुनुपड्छ। 10 डिकन चुनिनु अग्यार तिनुहरुकन जाँइनु पड्छ। तेइपछि तिनुहरु केइ पुनि खोट नभया ठरिन्छुन् भुन्या तिनुहरुले डिकनको काम गन्न स्हक्छुन्। 11 तेइथै गरि डिकनहरुका जोइहरु पुनि यइथै स्हबैले मानेको र इमान्दर हुनुपड्छ, अरुको खिसि नगन्न्या, तर आपुकन कब्जामै राख्न्या र बिसासिलो हुनुपड्छ। 12 डिकन एक्कै जोइ भया हुनुपड्छ। आम्ना छाचुरिकन र घर राम्मो गरि हेरबिचार गन्न स्हक्नु पड्छ। 13 क्यानकि डिकनले गन्नु पड्न्या काम राम्मो गरि गर्या भुन्या तिनुहरुले मान पाउन्याछुन् र ख्रिस्ट इसुमै गर्या तिनुहरुको बिसासमै पुनि आँट पाउन्याछुन्। 14 मु तुमिति स्हाँटै आउन्या आस राख्याछु रपुनि यइ तुमिकन लेख्ताछु, 15 केइ गरि मुइले बार गर्या भुन्या परमेसोरको घरा मान्ठहरु कैथो गरि हड्नु पड्छ भुन्न्या कुडा यइ चिठिकबाट थाँ पाउन्याछौ। परमेसोरको घर भुन्नाले ज्युँदो परमेसोरको मन्डलि, स्हाँचो कुडाको खामो र जग हो। 16 हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.