Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

प्रकाश 19 - डोटेली नयाँ करार


छुटकाराको गीत

1 सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।

2 उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”

3 तिननले आजी एक बेर जोरले भण्यो, हल्लेलुयाह! बेबिलोनलाइ ध्वस्त पाड्डया आगो बठेइ धुवाँ कभइ लगइ बल्ल बन्द हुनइन।

4 पइ तिन चौबिसइ अगुवा रे तिनन चार जिउना प्राणिले घोप्टिबर सिंहासनमि विराजमान भया परमेश्वरलाइ यिसो भणबर आराधना अर्यो, “आमिन, हल्लेलुयाह!”

5 रे तब मइले कसइले बोल्या सुण्या, रे इसो लाग्यो कि यो परमेश्वरको सिंहासन बठेइ आयाथ्यो। उनले भण्यो, “हे तमन हामरा परमेश्वरका सेवक रे तमन जइले उनलाइ आदर अर्न्छौ, तमन जो ठुला अथवा नाना छौ। सबइ परमेश्वरको प्रसंसा अर!”

6 तइ पछा, मइले यो कुरणी लगइ सुण्या कि भौत मान्सन कला हल्लाथ्या। तिनरो कला ठुलो झडया पानीको गर्जन जसोइथ्यो। मइले तिननलाइ भण्नार्या सुण्या, “हाम प्रभु, हामरा सर्वसक्तिमान परमेश्वरको प्रसंसा अरौं। क्याकि उनसित जाँसक्‍कइ सासन अददाइ सबइ सक्ति छ।

7 हाम रमाउनाउ रे भउत खुशी हुनाउ, रे उनलाइ महिमा दिनाउ! क्याकि जो थुमा हुन उनरो ब्या हुन्या वालो छ। ब्याउलि, आफलाइ सुशोभित अरिबर, उनरी निउति बटिरइछ।

8 आब उइलाइ चम्किलो, पबित्र रे सफा मलमलको लत्तालाइ दिया छ, जो बिश्वासीनको असल कामको चिन्ह हो।”

9 पइ स्वर्गदुतले मलाइ भण्यो, “यइ लेख, थुमा ब्याका भोजमि निउतो पाउन्या धन्यका हुन। तिनले आजी मलाइ भण्यो, यिन सत्य बचन हुन जो परमेश्वर बठेइ आउनाहान।”

10 जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


सेतो घोडा रे तइको सवार

11 तब मइले स्वर्ग खोलिया धेक्या। रे ताँ एक सेतो घोडा थ्यो। तइमि सवार हुन्या परमेश्वरको बफादार रे साँचो सेवक भणिनाहान। धार्मिक मार्गमि उनले आफ्ना सत्रुको न्याय अददाहान रे उन तिनरा बिरुद्दमि लड्डाहान।

12 उनरा आँखा आगाका झिल्का जसा थ्या, रे उनले भौत मुकुट लाइराइथ्यो। उनमी एक नाउँ छाप लागिरइथ्यो, तइ नाउँको अर्थ उनलाइ मान्तर थाथ्यो।

13 उनले रगतमि चोपिया लत्ता लाइराइथ्यो, रे उनरो नाउँ परमेश्वरको बचन थ्यो।

14 स्वर्ग बठेइ आया सिपाहिको ठुलो भिड उनरा पछाडी लाग्यो। यिन सिपाही सेता घोडामि सवार थ्या रे तिननले सफा सेतो सुतिको कपडा लाइराइथ्यो।

15 सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।

16 उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।

17 तब मइले एक स्वर्गदुत सुर्यमि कलिरया धेक्या। तिनले बिच अग्गासमी उड्डार्या मासु खान्या सब चडालाइ ठुलो स्वरमि बोलायो, “तइ ठुलो भोजमि आस जो परमेश्वरले तमरि निउति तयार अर्याछ।

18 आइबर राजा, सैनिक नेता, सक्तिशाली सिपाही, घोडा रे उनरा सवारका मासु खान। तम सबइ किसिमका मर्या मान्सनको मासु खान सकन्छौ, दुएइ दास रे स्वतन्त्र, ठुलो रे नानो।”

19 तब मइले घोड सवार रे तइका सेनाका बिरुद्दमि युद्द अददाइ राक्षस, पृथ्बीका राजा रे तिनरा सेना जम्मा भया धेक्या।

20 तब त्यो पसु रे तइका उपस्थितिमि अचम्म काम अद्द्या झुटो अगमबक्ता दुइ पकडिया। यिन अचम्मका काम बठेइ तइ झुटा अगमबक्ताले तइ राक्षसको छाप लैन्या रे तइको आराधना अद्द्यालाइ भडकाइ राइथ्यो। यिन दुइ बलिरया गन्धकका अग्नि-कुण्डमी जिउनाइ खितिया।

21 तइ पछा, घोडामि बसिरया तइ मान्सले उइका मुख बठेइ निकल्या तरबारको प्रयोग अरिबर और सबइलाइ मार्यो। तब अग्गासका चडाले लासको मासु खायो जबसम्म तिनरि धो भइन।

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan