Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -

लूका 12 - डोटेली नयाँ करार


चेतावनी रे हौसला
( मत्ती १०:२६-३३ )

1 इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”

2 त्यो समय आउनाछ जो चिज लुकाइयको छ त्यो धेकिने छ, रे हरेक गोप्य कुरणी प्रकट अरिन्या हो।

3 तबइकिलाइ जी तमनले अनारामि भणिराइछौ, त्यो उजालामि सुणिन्या हो। गोप्य कोठामी भणिया कुरणी घरका धुरि बठेइ प्रचार हुन्या हो।

4 मेरा साथी, म तमलाइ भण्नउ, तिनन धेकि जनडरा जइले शरीरलाइ माद्दाहान, तर तइ पछा और केइलगइ अद्द सक्दाइनन।

5 तर कइ धेकि डराउनु पणन्छ, म तमनलाइ चेताउनी दिनउ: तिनसित डराउनु पणन्छ जइसित शरीरलाइ मार्या पछा नरकमि फाल्दिन्या सक्ति छ। म तमनलाइ भण्नउ, तिननसित डरा।

6 कि दुइ पैसामि पाँच पित्तिउल्या बेचिनाइन? तिनमि हइ एकलाइ लगइ परमेश्वर बिसद्दाइन।

7 तर उनलाइ तमरा मुन्टामि कति रौ छन भणि था छ। तबइकिलाइ जनडरा, तमन पित्तिउल्या भण्ना बड्ता मोलका छौ।

8 म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।

9 तर जइले मलाइ मान्सका साम्ने अस्वीकार अरन्छ, तइलाइ म मान्सको चेलोले परमेश्वरका स्वर्गदुतका अगाडी लगइ अस्वीकार अद्द्या हु।

10 यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भणेले, तइलाइ क्षमा हुन्या हो, तर जइले पबित्र आत्मा बिरुद्द निन्दा अरन्छ, तइलाइ क्षमा हुन्या आथिन।

11 जबइ तिननले तमनलाइ यहुदि सभाघर, सासक रे अधिकारीका साम्नेइ ल्याउनेहुन, तब तमनले कसेरी रे कि जबाफ दिनेहउ, याँ कि भण्नेहउ, तइको चिन्ता जन अर्या,

12 क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।


मुर्ख धनि मान्सको काहानि

13 भिड बठेइ कसइ एक जनाले येशूलाइ भण्यो, “गुरु, मेरा दाइलाइ भणिदिय, रे तइले हामरा बाको सम्पति मसित बाडिदेउ।”

14 तर उनले तइलाइ भण्यो, “साथी, कइले मलाइ तमरो न्याय अदद्या अथवा तमरो सम्पत्ति बाणिदिन्या अधिकार दियो?”

15 पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”

16 उनले तिननलाइ एक काहानि भण्यो, “कोइ एक धनि मान्सका जमिनमी बड्ताइ उब्जनि भयो।

17 तइले आफइ सोच्च लाग्यो, ‘मसित मेरो सारा अन्न जम्मा अरिबर राख्द्याइ पुग्द्या ठाँउ आथिन, मलाइ था आथिन आब म क्यारुँ?’

18 तब तइले भण्यो, ‘मलाइ था छ, मइले कि अददु पड्डया हो: म आफना भकारि खोलिबर यइ हइ ठुला-ठुला बनाउनउ, रे मेरा सब अन्न रे माल सामान ताँ राख्द्या हु।

19 तइ पछा म आफइलाइ भण्नउ, ए प्राण, भौत बर्ष पुग्द्या बड्ताइ अन्न तेरा निउति थुपदीरइछ। सुख-चैनमि बस। खा, पि, रे मजा अर।’

20 तर परमेश्वरले तइलाइ भण्यो, ‘ए मुर्ख, आज रातइ तु मद्द्या हइ, रे जो कुरणी तुइले आफना निउति थोपड्या छइ, त्यो कइले पाउन्या हो?’”

21 “तइ मान्सलाइ इसोइ हुन्या हो जइले आफना निउति धन-सम्पत्ति थुपाड्या छ, तर परमेश्वरको निउति आफ्नो धन-सम्पत्ति प्रयोग अद्दइन।”


केइ कुरणीमि चिन्ता जन अर
( मत्ती ६:२५-३४ ; ६:१९-२१ )

22 येशूले आफना शिष्यालाइ भण्यो, “तबइकिलाइ म तमनलाइ भण्नउ, आफना प्राणकि निउति कि खाउला रे सरिरको निउति कि लाउला भणि चिन्ता जन अर।

23 क्याकि प्राण खानाइ भण्ना रे शरीर लत्ता भण्ना ठुलो हो।

24 कौवालाइ बिचार अर: तिनन न बुनाहान, न काट्टाहान, तिनरो न भण्डार न ढुकुटि लगइ छ, तर लगइ परमेश्वरले तिननलाइ ख्वाउनाहान। तमन चडाचुडि भण्ना बड्ता महत्वपूर्ण छौ!

25 तमनमि हइ कइले चिन्ता अरिबर आफना आयुमि एक घडीसम्म लगइ थप्द सकन्छ?

26 तबइकिलाइ तमन तति नानो काम लगइ अरिसक्दान भण्या, जीवनमी और कुरणीको चिन्ता क्याइ अरन्छौ?

27 लिली फुललाइ बिचार अर, कसेरी तिनन न परिश्रम अद्दाहन, न काट्टाहान, तर म तमनलाइ भण्नउ, सोलोमन राजा लगइ आफना सब बैभवमि यिनमि हइ एक जति लगइ शिङारिया थेइन्न।

28 तर आज हुन्या रे भोल आगाइनी खितिन्या मैदानको घाँसलाइ परमेश्वरले यिसेरी शिङाद्दाहान भण्या, ए अल्पविश्वासी हो, उनले तमनलाइ झिक कति बड्ता शिङाद्दाहान।

29 कि खाउलो, कि पिउलो भणि तमन खोजीमि जनबस, रे चिन्ता लगइ जन माण्या।

30 क्याकि सन्सारका सब मान्सन यिन चीजका खोजीमि रनाहान। तमनका परमेश्वर पिताले जाण्नाहान कि तमनलाइ यिन चिजको खाँचो छ।

31 तर परमेश्वरका राज्यको खोजी अर, रे यिन सब चिज तमनलाइ दिइन्या हो।


धनलाइ इकहट्टा अद्दया ठाउँ

32 तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।

33 तमरो सम्पत्ति बेचिबर दान दिय। आफना निउति नचिरिन्या थैला बना। स्वर्गमि कभइ नास नहुन्या धन जम्मा अर। जाँ चोर आउनाइन रे किडा लगइ लाग्दाइन।

34 क्याकि जाँ तमरो धन छ, ताँ तमरो मन लगइ हुन्छ।


जागा बस
( मत्ती २४:४२-५१ ; मर्क १३:३२-३७ )

35 मेरो आगमनकीलाइ आफ्नो कम्मर कस रे रातभरि बत्ति बालि राख।

36 तमन तिन नौकर जसा हुनु पणन्छ, जइले ब्याको भोज बठेइ फर्किबर आउन्या मालिकको बाटो हेरन्छ, ताकि जब मालिक फर्किबर आउछ तब ढोका ढकढक्याउन्ज्या तिनरो निउति झट्टै दार खोलिदिनाहान।

37 तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।

38 यदि तिन अधरात अथवा परभातइ आउन्ज्या लगइ नौकरलाइ बिउजाइ भेट्यो भण्या, तिनन धन्यका हुन।

39 तर यो जाण, कि चोर ठीक कइ बेला आउन्छ भणबर घरको मालिकले जाण्या भया त्यो बिउजोइ रनेइथ्यो, रे उइले आफ्ना घरलाइ लुट्ट दिनेइ थेइन।

40 तमन मेरो फर्कि आउन्या लगइ तयार र, क्याकि म, मान्सको चेलो इसा बेलामि स्वर्ग बठेइ आउन्या हु जब तमनले मेरो आउन्या आसा अदद्या होनु।”


बिश्वास योग्य नौकर
( मत्ती २४:४५-५१ )

41 तब पत्रुसले भण्यो, “हे प्रभु, कि यो काहानि हामराइ निउति मान्तर भण्या हउ, कि और सबका निउति?”

42 प्रभुले भण्यो, “त्यो बिश्वासि रे बुद्दिमानि दास को हो, जइलाइ तइका मालिकले आफना परिवारलाइ ठीक समयमि तिनरा भाग पड्या खानाइ दिनाइलाइ खटाउन्या हुन?”

43 त्यो दास धन्यको हो, जइलाइ तइका मालिक आउन्ज्या तसोइ अर्या भेट्टाउन्या हो।

44 साँच्चि म तमनलाइ भण्नउ, तइले उइलाइ आफ्नो जम्माइ सम्पतिमि अधिकार दिन्या हो।

45 तर तइ दासले आफना मनमि “मेरा मालिक आउनाइ ढिला अद्द्या हुन” भणबर नौकर रे नौकरनिलाइ चुट्ट लाग्यो, रे त्यो खान, पिन रे मातिन लाग्यो भण्या,

46 तइले आसा नअर्या दिन रे नसोच्या घडीमि तइका मालिक आउन्याहुन, रे तइलाइ दण्ड दिन्या हुन, रे तइको दसा अविश्वासीको जसोइ हुन्या हो।

47 हरेक नौकर जइले आफना मालिकले उइले कि अरउ भणि जाणन्छ तर उइले त्यो अद्दाइलाइ आफइलाइ तयार अद्दइन, रे आफ्ना मालिकको इच्छा अन्सार अद्दइन भण्या तइले बड्ताइ हाणाइ खान्या हो।

48 तर हरेक दास जइले आफना मालिकले उइले कि अरउ भणि जाण्नइन, रे जइले दण्ड पाउन्या काम अरन्छ उइले थोक्काइ हाणाइ खान्या हो। तर हरेक जइलाइ बड्ताइ दिइराइछ, तइ बठेइ बड्ताइ मागिन्या हो, रे हरेक जइलाइ बड्ताइ सुम्पिदिराइछ, तइ बठेइ आजी बड्ता लिइन्या हो।


सान्ति होइन, बिभाजन
( मत्ती १०:३४-३६ )

49 “म पृथ्बीमि आगो खण्याँउनाइ आया हु, त्यो त बरु पइल्ली बठेइ सल्क्या भया हुनेइथ्यो!

50 तर मेरा अगाडी भयानक कष्ट छ, जो मइले लिनु पड्या छ। त्यो कष्ट पुरा नहुन्ज्या म भौत दुःखित छु!

51 कि तमन सम्जन्छौ कि म धर्तीमि सान्ति ल्याउनाइ आया हु? होइन, म तमनलाइ भण्नउ, बरु म फाटो ल्याउनाइ आया हु।

52 क्याकि यदि ताँ एक घरमि पाँच जाना मान्सन छन भण्या तिनन एक-अर्खामि अलग हुन्या हुन। तीन जाना जइले ममि बिश्वास अद्दइन, तिननले तिन दुएइको बिरोध अद्द्या हुन जइले ममि बिश्वास अद्दाहान।

53 तिननमि बिभाजन हुन्या हो:बाका बिरोधमी चेलो, रे चेला बिरोधमी बा, इजा चेलीका बिरोधमी रे चेली इजाका बिरोधमी, जिउ आफनी ब्वारीका बिरोधमी, रे ब्वारी तइकि जिउका बिरोधमी।”


समयका लक्षण

54 येशूले भिडलाइ लगइ भण्यो, “तमन पश्चिम तिर हइ बादल आउन्नारया धेकिबर झट्टइ भण्न्या हउ, ‘मेग पड्डया हो’, रे तसोइ हुन्छ।

55 जब दक्षिण तिर हइ बतास चलन्छ तब तमन भणन्छौ, ‘घाम लाग्द्या हो, रे तसोइ हुन्छ।’

56 ए कपटि हो! तमन अग्गास रे पृथ्बीका लक्षण भणिदिन सकन्छौ, तर यो बर्तमान समयमि परमेश्वरले कि अददाहान भणि यइको ब्याख्या अद्द जाण्नानु।”


आफ्नो समस्याको समाधान अददु
( मत्ती ५:२५-२६ )

57 “तमनले कि अददु ठीक हो भणि तमन आफइले निर्णय अद्दु पणन्छ।

58 तमरो उजुरवालासित हाकिमका वाँ जान्ज्या, बाटाइमि तइसित मिलाप अर, नतित तइले तुलाइ न्यायधिशका वाँ तानिबर लैजान्या हो, रे न्यायधिशले तुलाइ अफिसरका हातमि जिम्मा दिन्या हो, रे अफिसरले तुलाइ झेलमि हाल्दिन्या हो।

59 म तुलाइ भण्नउ, तुइले बाचा अर्या सब कुरणी नतिरनज्याँ सम्म ताँ बठेइ छुट्टया आथिनी।”

Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.

Beyond Translation
Lean sinn:



Sanasan