भजनसंग्रह 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 हे मानिस हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्नेछौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रुचाउनेछौ र असत्य देवताहरूको पछि लाग्नेछौ? सेला See the chapterसरल नेपाली पवित्र बाइबल2 ए मानिसहरू! कहिलेसम्म तिमीहरूले मेरो बदनाम गर्छौ? कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र झूटा कुराहरूको पछि लाग्छौ? See the chapterपवित्र बाइबल2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे मानिसहरू हो, तिमीहरू मेरो महिमालाई कहिलेसम्म शर्ममा परिवर्तन गरिरहन्छौ? तिमीहरू कहिलेसम्म व्यर्थका कुराहरू मन पराउँछौ र असत्यको पछि लागिरहन्छौ? सेला See the chapter |