गन्ती 4:7 - नेपाली नयाँ संशोधित संस्करण7 “तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले परमप्रभुलाई चढाएका रोटीहरू राख्ने टेबिलमाथि एउटा नीलो तन्ना ओछ्याएर त्यसमा थाल, कचौरा, धुपौरा, भेटी चढाउने पात्र र मद्यबलिका कलशहरू राख्नेछन्। टेबिलमा सधैँ रोटी रहनेछ। See the chapterपवित्र बाइबल7 “तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याउन् अनि त्यसमाथि, रिकापी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सधैँ रहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ। See the chapter |