गन्ती 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्डामुनि हुनेछन्। दानका मानिसहरूका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेर होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल25-31 उत्तरपट्टि, दानको दलको झन्डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्ना अगुवाका साथमा यस प्रकारले पालमा बस्नेछन्: कुल अगुवा सङ्ख्या दान अम्मीशद्दैको छोरो अहीएजेर ६२,७०० आशेर ओक्रानको छोरो पगीएल ४१,५०० नप्ताली एनानको छोरो अहीरा ५३,४०० जम्मा १,५७,६००। सबैभन्दा पछि दानको दल हिँड्नेछ। See the chapterपवित्र बाइबल25 “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्। See the chapter |