लेवीहरू 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनले हारूनलाई लबेदा लगाइदिएर पटुका बाँधिदिए र अलखा पहिराएर उनीमाथि एपोद लगाइदिए, र निपुणतासाथ बुट्टा बनाइएको पटुकाले एपोद बाँधिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल7 उनले हारूनलाई अलखा र लबेदा लाइदिए, कम्मरमा पटुका बाँधिदिए र एपोद पहिर्याइदिएर त्यसको राम्ररी बुनेको पेटी कम्मरमा बाँधिदिए। See the chapterपवित्र बाइबल7 तब मोशाले हारूनलाई बुनेको कमेज पहिराइदिए अनि तिनको कम्मरमा पटुका बाँधिदिए। त्यसपछि हारूनलाई अलखा पहिराए तब मोशाले तिनलाई एपोद बाँधिदिए। मोशाले एपोदलाई अलखामा बाँधिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले हारूनलाई अलखा लगाइदिए। पटुका बाँधिदिए, र तिनलाई लबेदा लगाएर एपोदको पोशाक पहिर्याइदिए। तिनले उनमा कुशल शिल्पकारद्वारा तयार गरिएको पटुकाले एपोद पनि बाँधिदिए। यसरी त्यो तिनमा कसियो। See the chapter |