यर्मिया 48:1 - नेपाली नयाँ संशोधित संस्करण1 मोआबको विषयमा: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “नेबोलाई धिक्कार, किनभने त्यो भग्नावशेष हुनेछ। किर्यातैम अपमानित हुनेछ, र त्यो कब्जामा पर्नेछ। किल्ला लाजमा पारिनेछ, र त्यो भत्काइनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल1 सर्वशक्तिमान् परमप्रभुले मोआबबारे यी वचन दिनुभयो: “हाय, नेबोबासीहरूलाई, तिनीहरूको सहर नाश हुनेछ! किर्यातैम कब्जामा पर्नेछ, त्यसको बलियो किल्ला चुर पारिनेछ, त्यसका बासिन्दाहरू शर्ममा पर्नेछन्; See the chapterपवित्र बाइबल1 यो सन्देश मोआब देशसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “नबो पर्वतको दुर्भाग्य सामुन्ने छ। यो नष्ट हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोआबको विषयमा: सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर, यसो भन्नुहुन्छ: “धिक्कार नेबोलाई! किनकि त्यो नष्ट हुनेछ, किर्यातैम अपमानित हुनेछ र कब्जा गरिनेछ; शत्रुहरूले तिनीहरूको बलियो गढ नष्ट गरेर चकनाचुर पार्नेछन्। See the chapter |