यर्मिया 44:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिमीहरू प्रवासी भएर बस्नलाई आएको मिश्रदेशमा तिमीहरूका हातले बनाएका थोकद्वारा, अर्थात् अरू देवताहरूलाई धूप बालेर मलाई किन रीस उठाउँछौ? तिमीहरूले आफैलाई नष्ट गर्नेछौ, र पृथ्वीका सबै जातिहरूका बीचमा तिमीहरू सराप र निन्दाका पात्र बन्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल8 तिमीहरू बास गर्न आएको मिश्रदेशमा तिमीहरूले किन आफ्नो हातले बनाएका मूर्तिलाई पूजा गरी अन्य देवताहरूलाई बलि चढाएर मलाई रिस उठाउँछौ? के आफैं नाश हुन, पृथ्वीमा सबै जातिहरूद्वारा घृणा गरिन र आफ्नो नाम सरापको रूपमा प्रयोग भएको हेर्न तिमीहरूले त्यसो गर्दै छौ? See the chapterपवित्र बाइबल8 अहिले मिश्रमा झूटो देवता तिमीहरूले पुज्दै मलाई रीस उठाउँदै बसिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई नष्ट पारिरहेका छौ। तिमीहरू आफैंले आफैंलाई अन्य जाति-जातिहरूको सम्मुख श्राप र खिसीको पात्र बनाएका छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरू बस्न आएको इजिप्टमा आफ्नै हातले बनाएका मूर्तिहरूले अरू देवताहरूलाई धूप बालेर मलाई किन रिस उठाउँछौ? यसो गर्यौ भने तिमीहरूले आफूलाई सर्वनाश गर्नेछौ; अनि पृथ्वीमा सबै जातिहरूका बीचमा आफूलाई श्राप र घृणाको पात्र बनाउनेछौ। See the chapter |