यर्मिया 40:7 - नेपाली नयाँ संशोधित संस्करण7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशका राज्यपाल नियुक्त गरेका छन् र देशका सबैभन्दा गरीब पुरुष, स्त्री र केटाकेटीहरूलाई, जो निर्वासित गरेर बेबिलोनमा लगिएका थिएनन्, ती जम्मैलाई तिनका हातमा सुम्पिदिएका छन् भनी जब फौजका सबै अधिकृतहरू र बस्ती-बस्तीमा भएका तिनीहरूका मानिसहरूले सुने, See the chapterसरल नेपाली पवित्र बाइबल7 यहूदाका कोही-कोही अधिकृत र सिपाहीहरूले आफूलाई बेबिलोनीका हातमा समर्पण गरेका थिएनन्। तिनीहरूले सुने कि बेबिलोनका राजाले गदल्याहलाई देशका बडा-हाकिम खटाएर बेबिलोनमा कैद गरी नलगिएका देशका सबैभन्दा गरीब जन-समूहका अधिकारी बनाएका छन्। See the chapterपवित्र बाइबल7 यरूशलेम ध्वंस भए पश्चात केही सैन्य, अधिकारीहरू अनि तिनीहरूका मानिसहरू जो खेतमा बसिरहेका थिए, चाल पाए कि बाबेलका राजाले गरीब, र बाबेलमा कैदी बनाई नलगिएका मानिसहरूको कल्याणार्थ अहिकमेको छोरो गदल्याहलाई राज्यपाल नियुक्त गरेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई त्यस देशका राज्यपाल नियुक्त गरेका छन्; र त्यहाँका मानिसहरू, स्त्रीहरू र केटाकेटीहरू, जो देशमा गरिब थिए, र तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगिएको थिएन; अनि ती सबै तिनको जिम्मामा छन् भनेर जब त्यस बस्तीमा आत्मसमर्पण नगरी बसिरहेका सेनाका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने, See the chapter |