उपदेशक 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्याचार देखें। अत्याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्त्वना दिने कोही छैन। अत्याचारीहरूका पक्षमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। See the chapterसरल नेपाली पवित्र बाइबल1 फेरि मैले संसारमा भइरहेका अन्यायलाई हेरें। अत्याचारमा परेकाहरू रोइरहेका थिए तर कसैले तिनीहरूलाई मद्दत गरेनन्। कसैले तिनीहरूको पक्ष लिएन किनभने अत्याचारीहरूका पक्षमा शक्ति थियो। See the chapterपवित्र बाइबल1 मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन। See the chapter |