दानिएल 2:9 - नेपाली नयाँ संशोधित संस्करण9 यदि तिमीहरूले मलाई सपना बताएनौ भने तिमीहरूका लागि एउटै मात्र सजाय छ। यो परिस्थिति बद्लिएला भन्ने आशाले मलाई भ्रम र दुष्ट कुरा गर्ने तिमीहरूले मतो गरेका छौ। यसकारण मलाई सपना बताओ, अनि मलाई थाहा हुनेछ कि तिमीहरूले यसको अर्थ मलाई बताउन सक्नेछौ। See the chapterपवित्र बाइबल9 जस्तो कि यदि तिमीहरूले मेरो सपनाको बारेमा बताउँदैनौ भने म तिमीहरू प्रत्येकलाई दण्ड दिनेछु। यसकारण तिमीहरू मलाई सपना पक्कै भन्नेछौ ताकि म जान्नेछु कि तिमीहरू सपनाको व्याख्या सही तरिकाले गर्न सक्षम छौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि तिमीहरूले मलाई त्यो सपना बताउन सकेनौ भने तिमीहरूका निम्ति एउटै मात्र दण्ड छ। तिमीहरूले परिस्थिति बदल्ने आशामा मलाई भ्रममा पार्ने र दुष्ट कुराहरू बताउने षड्यन्त्र गरेका छौ। यसकारण अब मलाई त्यो सपना भनिदेओ, तब तिमीहरूले मेरा निम्ति त्यस सपनाको अर्थ खोलिदिन सक्छौ भनी म जान्नेछु।” See the chapter |