प्रेरित 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्नुहोस्। महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, See the chapterसरल नेपाली पवित्र बाइबल2 स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो। See the chapterपवित्र बाइबल2 स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यू-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो सुनेर उनले जवाफ दिए: “दाजुभाइ-दिदीबहिनीहरू र बुबाहरू हो, मेरो कुरा सुन्नुहोस्! हाम्रा पिता अब्राहाम हारानमा बस्नुभन्दा अगि जब उनी मेसोपोटामियामै थिए, तब महिमाका परमेश्वरले उनको सामु आएर भन्नुभयो, See the chapter |