Online Bible

- Advertisements -




सपन्याह 2:7 - पवित्र बाइबल

7 तब त्यो भूमि यहूदामा बाँचेका मानिसहरूको निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूका निम्ति हुनेछ। परमप्रभुले यहूदाका ती मानिसहरूलाई याद गर्नु हुनेछ। ती मानिसहरू विदेशमा बन्दी छन्, तर परमप्रभुले तिनीहरूलाई फर्काई ल्याउनु हुनेछ। तब यहूदाबाट मानिसहरूले तिनीहरूका भेंडा़लाई घाँस खान ती भूमिमा डोर्याउँने छन्। अनि साँझमा तिनीहरू अश्कलैनको खालि घरहरूमा सुत्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यो यहूदाका घरानाको बाँकी रहेकाहरूका निम्‍ति हुनेछ। त्‍यहाँ तिनीहरूले खर्क पाउनेछन्‌। साँझमा तिनीहरू अश्‍कलोनका घरहरूमा सुत्‍नेछन्‌। परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूको वास्‍ता गर्नुहुनेछ। उहाँले तिनीहरूको सौभाग्‍य फर्काउनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यहूदाका बाँचेका मानिसहरूले तिमीहरूका जमिन कब्‍जा गर्नेछन्। तिनीहरूले आफ्‍ना भेडाहरू त्‍यहाँ चराउनेछन्। अश्‍कलोनका घरहरूमा तिनीहरू राती सुत्‍नेछन्। परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसित रहनुहुनेछ र उहाँले फेरि तिनीहरूको फलिफाप गराउनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यो समुद्री किनारको भूमि यहूदाका बाँकी रहेकाहरूका निम्ति हुनेछ; त्यहाँ तिनीहरूले हरियो खर्क भेट्टाउनेछन्। राति तिनीहरू अश्कलोनका घरहरूमा सुत्नेछन्। याहवेह, तिनीहरूका परमेश्‍वरले तिनीहरूको हेरचाह गर्नुहुनेछ; उहाँले तिनीहरूका सुदिन फर्काएर ल्याउनुहुनेछ।

See the chapter Copy




सपन्याह 2:7

Follow us:

Advertisements


Advertisements