जकरिया 3:5 - पवित्र बाइबल5 त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरूले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरूले उसलाई नयाँ लुगा लगाई दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए। See the chapterसरल नेपाली पवित्र बाइबल5 उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए। See the chapter |