जकरिया 10:2 - पवित्र बाइबल2 मानिसहरूले तिनीहरू सानो मूर्ति अनि तन्त्र-मन्त्र भविष्यमा के हुने हो भनि जान्न प्रयोग गर्छन्! तर त्यो सब ब्यार्थ हुनेछ। तिनीहरूले झूटो चीज देख्छन्, तिनीहरूले झूटो सपना भन्छन्। तर ती सबै झूटो हुनेछ। यसकारण, मानिसहरू भेंडा़हरू जस्तै सहायताको निम्ति यता उता भट्की हिँड्छन्। तर तिनीहरूलाई बाटो देखाउँने कुनैं गोठालो हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 मूर्तिहरू छलका कुरा बोल्छन्, र मन्त्रतन्त्र गर्नेहरूले झूटा दर्शनहरू देख्छन् र झूटा सपनाहरू बताउँछन्, तिनीहरू व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा अत्याचारमा परेका भेड़ाझैँ मानिसहरू बरालिन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 मानिसहरूले मूर्तिहरू र ज्योतिषीबाट सल्लाह लिन्छन्; तर तिनीहरूका सल्लाह सबै झूट र निरर्थक हुन्छन्। कसैले सपनाको अर्थ लाउँछन् तर तिनीहरूले तिमीहरूलाई धोका दिन्छन्। व्यर्थका सान्त्वना दिन्छन्। यसकारण मानिसहरू हराएका भेडाझैँ बरालिरहन्छन्। अगुवा नभएको हुनाले तिनीहरूले दु:ख पाउँछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मूर्तिहरूले छलका कुरा गर्छन्, जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्; तिनीहरूले झूटो सपना भन्छन्, तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्। यसैकारण गोठालाको कमीले गर्दा मानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्। See the chapter |