रोमी 9:4 - पवित्र बाइबल4 तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 यिनीहरू इस्राएली हुन् र परमेश्वरले यिनीहरूलाई आफ्ना छोरा-छोरी बनाउनुभयो। उहाँले आफ्नो महिमा तिनीहरूलाई प्रकट गर्नुभयो। यिनीहरूसँग नै करार बाँध्नुभयो, व्यवस्था दिनुभयो, आफ्नो सेवा पनि गर्न सिकाउनुभयो, उहाँका प्रतिज्ञाहरू तिनीहरूले पाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यी सबै इस्राएलका मानिसहरू हुन्। उनीहरूले नै धर्मपुत्र हुने हक, उनीहरूले नै ईश्वरीय महिमा, करारहरू, व्यवस्था, मन्दिरको आराधना र प्रतिज्ञाहरू प्राप्त गरेका हुन्। See the chapter |