रोमी 8:3 - पवित्र बाइबल3 व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नु भयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको र्भत्सना गर्न मनुष्य चोला प्रयोग गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो, अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो, See the chapterसरल नेपाली पवित्र बाइबल3 मानिसको कमजोर शारीरिक स्वभावले गर्दा व्यवस्था पालन गरेर हुन नसक्ने कुरा परमेश्वर आफैंले गर्नुभयो। परमेश्वरले आफ्नै पुत्रलाई पठाउनुभयो। पुत्रचाहिँ पापी मानिसको जस्तै शारीरिक स्वभाव लिएर जन्म लिनुभयो अनि मानिसको पापको निम्ति उहाँलाई दण्ड दिइयो र उहाँको शरीरद्वारा पापको शक्ति नष्ट गर्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि पापमय स्वभावद्वारा कमजोर बनाइएको व्यवस्थाले जे गर्न सकेको थिएन, परमेश्वरले पापको क्षमादान ल्याउनुभयो; उहाँले आफ्नै पुत्रलाई पापमय शरीरको समानतामा हुन पठाउनुभयो। यसरी उहाँले आफ्नै पुत्रको शरीरमा पापलाई दोषी ठहराउनुभयो, See the chapter |