रोमी 4:16 - पवित्र बाइबल16 यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 अब प्रतिज्ञा विश्वासद्वारा पाइने भएकोले यो परमेश्वरको अनुग्रहमा भर पर्दछ। यसले अब्राहामका सबै सन्तानको लागि प्रतिज्ञा पक्का गराउँछ। यो ठूलो अनुग्रह व्यवस्था हुनेहरूको लागि मात्र होइन तर अब्राहामको जस्तो विश्वास गर्नेहरूको लागि पनि हो, कारण अब्राहाम हामी सबैका पुर्खा हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण प्रतिज्ञा विश्वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्चित होस्। व्यवस्था मान्नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्। See the chapter |