रोमी 3:8 - पवित्र बाइबल8 तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती भर्तसना हुनै पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 त्यसो भए, असल होस् भनेर खराबी नै किन नगर्ने त? कोही-कोही मानिसहरूले हामी त्यसै भन्छौं भनी हामीलाई निन्दापूर्ण दोष लाउँछन्। तिनीहरूको दोषारोपण न्यायसङ्गतै छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 केही असल देखा परोस् भनेर नै हामीले पाप गरौं भन्यौं रे! कसै-कसैले यही दोष हामीलाई लगाउँछन्। यस्ता दोष लगाउने मानिसलाई उचित सजाय हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्। See the chapter |