रोमी 13:4 - पवित्र बाइबल4 शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने ऊ परमेश्वरको सेवक हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्। खराब काम गर्नेमाथि परमेश्वरको दण्ड ल्याउने तिनी परमेश्वरका सेवक हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 किनभने शासन गर्नेहरू परमेश्वरका सेवकहरू हुन् र उहाँले तिनीहरूलाई तिमीहरूको भलाइको लागि नै खटाउनुभएको हो। तिमीले खराब काम गर्छौ भने मात्र सरकारदेखि डराओ किनभने सरकारलाई दण्ड दिने अधिकार छ। सरकार त खराब काम गर्नेहरूलाई दण्ड दिने परमेश्वरको सेवक हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिम्रो भलाइको निम्ति तिनी परमेश्वरका सेवक हुन्। तर खराब काम गर्छौ भने डर मान। किनकि शासकहरूले व्यर्थैमा तरवार भिरेका हुँदैनन्। तिनीहरू परमेश्वरका सेवकहरू हुन्, जसले अनुचित काम गर्नेहरूमाथि परमेश्वरको क्रोध ल्याउँछन्। See the chapter |