प्रकाश 9:17 - पवित्र बाइबल17 मेरो दिव्य दृष्टिमा मैले घोडाहरू अनि घोड-सवाहरूलाई देखेँ। तिनीहरू यस्ता देखिन्थे तिनीहरूका कवचहरू आगो जस्ता थिए जो रातो, गाढा नीलो अनि गन्धक झै पहेंलो थियो। घोडाका शिरहरू सिंहका शिरहरू जस्तै देखिन्थे। घोडाहरूको मुखबाट आगो, धुवाँ अनि गन्धक निस्किरहेथ्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 मेरो दर्शनमा देखिएका घोडा र घोड़सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोको, नीलमणि र गन्धकको रङ्गका थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरजस्ता थिए। तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्कन्थे। See the chapterसरल नेपाली पवित्र बाइबल17 अनि मेरो यो दर्शनमा मैले ती घोडा र तीमाथि चढ्नेहरू देखें। तिनीहरूका छातीमा लगाएका कवचहरूचाहिँ आगोजस्तो रातो, नीलमजस्तो नीलो, गन्धकजस्तो पहेंलो देखें। घोडाहरूका टाउका सिंहका टाउका जस्ता थिए र तिनीहरूको मुखबाट आगो धूवाँ, र गन्धक निस्कन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो। See the chapter |