प्रकाश 7:9 - पवित्र बाइबल9 त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें। See the chapterसरल नेपाली पवित्र बाइबल9 त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए। See the chapter |