प्रकाश 10:4 - पवित्र बाइबल4 ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख।” See the chapterसरल नेपाली पवित्र बाइबल4 ती सातवटा गर्जन गड्याङ्-गुडुङ गर्नेबित्तिकै मैले लेख्न आँटेको थिएँ। तर स्वर्गबाट यसो भन्ने एउटा सोर मैले सुनें, “सातवटा गर्जनले बोलेको कुरा नलेख तर यो कुरा मनमा लुकाइराख।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।” See the chapter |