भजनसंग्रह 137:3 - पवित्र बाइबल3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 किनकि हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गीत गाओ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि हामीलाई बन्दी बनाएर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए; हामीलाई यातना दिनेहरूले हर्षका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्ति सियोनका गीतहरूमध्ये एउटा गीत गाओ!” See the chapter |