Online Bible

- Advertisements -




हितोपदेश 30:4 - पवित्र बाइबल

4 स्वर्ग गएको छु र फेरि फर्केर आएको छु? कसले आफ्नो खोक्रो हातमा हावा जम्मा गरेको छ? कसले पानीलाई आफ्नो खाष्टोमा पोको पारेको छ? कसले पृथ्वीको सीमानाहरू स्थानपना गरेको छ? उनको नाम के हो उनको छोराको नाम के हो?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 स्‍वर्गसम्‍म को उक्‍लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्‍नो हातको मुट्ठीमा बटुलेको छ? कसले पानीलाई आफ्‍नो खास्‍टोमा लपेटेको छ? पृथ्‍वीका चारैतिरको अन्‍तसम्‍म कसले स्‍थापित गरेको छ? उहाँको नाउँ के हो, र उहाँका पुत्रको नाउँ के हो? यदि तँलाई थाहा छ भने मलाई भन्‌!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 स्‍वर्गमा को पुगेर फर्की आएको छ र? कसले बतासलाई आफ्‍नो मुट्ठीमा समातेको छ र? अथवा, कसले समुद्रलाई लुगाको टुक्रामा बाँधेको छ र? अथवा कसले पृथ्‍वीको साँध-सिमाना तोकिदिएको छ र? त्‍यसो गर्ने को हुन्? के तिमी जान्‍दछौ? तिनका छोरा को हुन्?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 स्वर्गसम्म को उक्लेको छ, र तल ओर्लेर को आएको छ? कसका हातले बतासलाई समातेको छ? कसले पानीलाई वस्त्रमा बाँधेको छ? कसले पृथ्वीका सबै छेउलाई स्थापित गरेको छ? उहाँको नाम के हो, र उहाँको पुत्रको नाम के हो? यदि तिमीलाई थाहा छ भने मलाई भन!

See the chapter Copy




हितोपदेश 30:4

Follow us:

Advertisements


Advertisements