हितोपदेश 25:20 - पवित्र बाइबल20 शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 जाडो दिनमा ओढ्ने खोसेर लगेझैँ वा सोडामा सिर्का खन्याएझैँ, दु:खित हृदय भएकोलाई गीत गाइदिने मानिस हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल20 उदास भएको मानिसको सामुन्ने गीत गाउनु जाडोको दिनमा उसको वस्त्र फुकालिदिनु अथवा घाउमा नुन छर्किदिनुजस्तै हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो। See the chapter |