हितोपदेश 23:29 - पवित्र बाइबल29-30 कसको दयनीयता छ? कसको दुःख छ? को कष्टमा डुबेकोछ? को झगडा़ टंटामा फँसेकोछ? बिना कारण कसले चोट पाएको छ? कसको आँखा राता भएका छन्? तिनीहरू ती हुन् जो रात दिन दाखमद्यको सेवनमा बिताउँछन् अनि जो मिश्रित मद्य चाख्न भोजनहरूमा जान्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 कष्ट कसलाई हुन्छ? शोक कसलाई हुन्छ? कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू रगतजस्ता राता हुन्छन्? See the chapterसरल नेपाली पवित्र बाइबल29-30 जँड्याहा र नयाँ मद्य नचाखिनहुने मानिस दु:खी, उदास, सधैँ झगडालु र दोष दिने बानी भएको हुन्छ। त्यसका आँखा राता-राता र शरीरमा टार्न सकिने स-साना चोट लागेका हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 कष्ट कसलाई हुन्छ? दुःख कसलाई हुन्छ? को झगडा गरिरहन्छ? को गुनासो गरिरहन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू राता-राता हुन्छन्? See the chapter |