Online Bible

- Advertisements -




फिलिप्पी 4:3 - पवित्र बाइबल

3 मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुइ स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमा तिमीहरूको नाउँपनि राखिएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 विश्‍वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्‍त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्‍लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्‍तकमा छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हे मेरो भरपर्दो सहकर्मी, यी स्‍वास्‍नी-मान्‍छेहरूलाई सहयोग देओ किनभने तिनीहरूले त सुसमाचार सुनाउन मसँगै दिलोज्‍यानले काम गरेका छन् अनि मसँग मात्र होइन, तिनीहरूले क्‍लेमेससँग र अरू जीवनको पुस्‍तकमा नाउँ हुने मेरा सहकर्मीहरूसँग पनि काम गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि बिन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाम जीवनको पुस्तकमा लेखिएका छन्।

See the chapter Copy




फिलिप्पी 4:3

Follow us:

Advertisements


Advertisements