गन्ती 8:19 - पवित्र बाइबल19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रयाश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 भेट हुने पालमा इस्राएलीहरूका निम्ति सेवा गर्न र इस्राएलीहरू पवित्रस्थानको नजिक आउँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस् भनी तिनीहरूको प्रायश्चित गर्नलाई मैले लेवीहरूलाई दानको रूपमा हारून र त्यसका छोराहरूलाई दिएको छु।” See the chapterसरल नेपाली पवित्र बाइबल19 र तिनीहरूलाई हारून र त्यसका छोराहरूका जिम्मामा इस्राएलीहरूबाट विशेष भेटीको रूपमा दिनेछु। तिनीहरूले इस्राएलीहरूका निम्ति पवित्र पालमा सेवाकार्य गर्नेछन्। पवित्र स्थानको नजिकमा आउने इस्राएलीहरूमाथि विनाश नपरोस् भनेर तिनीहरूले इस्राएलीहरूको लागि शुद्धीकरणको कार्य गर्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु। See the chapter |