Online Bible

- Advertisements -




गन्‍ती 6:12 - पवित्र बाइबल

12 अनि फेरि आफूलाई परमप्रभुको निम्ति अलग राख्छ र एउटा एक बर्षको थुमा ल्याएर दोषबलिको निम्ति चढाउँछ। उसको अर्पण गरिएको कपाल अशुद्ध भएको कारण पहिले अलग बसेको समय गन्तीमा नलिई नयाँ शुरू गर्नु पर्छ। पहिले गरेको समयमा मुर्दा स्पर्श गरी अशुद्ध भएको हुनाले उसले यस्तो गर्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 आफू अलग रहने समय होउञ्‍जेल त्‍यसले परमप्रभुको लागि आफैलाई अर्पण गरोस्, र दोषबलिको निम्‍ति एक वर्षे थुमा ल्‍याओस्‌। त्‍यसको अलग रहेको समय अशुद्ध भएको हुनाले, ती अघिका दिनहरूको गन्‍ती हुनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुकहाँ आफूले भाकल गरेको नाजिरी रहने समयभरिको लागि फेरि आफैंलाई समर्पण गरोस्। त्‍यसको अर्पण गरिएका केश अपवित्र भएको कारणले त्‍यसले अघि नाजिरी भएर बिताएको समय गनिनेछैन। त्‍यसले एउटा एक वर्षको भेडाको थुमा दोषबलिको निम्‍ति ल्‍याओस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।

See the chapter Copy




गन्‍ती 6:12

Follow us:

Advertisements


Advertisements