गन्ती 4:14 - पवित्र बाइबल14 त्यसपछि तिनीहरूले त्यस वेदीमा आराधना गर्दा प्रयोग गरिने वस्तुहरू जस्तै अँगेटी, काँटाहरू बेल्चाहरू छर्कने बाटाहरू र ती सब काँसाको वेदीमाथि राखुन्। त्यसपछि तिनीहरूले त्यसमाथि नरम छालाले वेदीलाई ढाकुन् र बोक्नुको लागि प्रयोग गरिने डण्डीहरू यसको ठाउँमा राखुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 त्यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात् आगो राख्ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्यसका डन्डीहरू आफ्ना स्थानमा राखून्। See the chapterसरल नेपाली पवित्र बाइबल14 त्यसमाथि वेदीमा काम लाग्ने सर-सामान आगोको पात्र, अङ्कुसे परेका काँटाहरू, बेल्चाहरू र पानी हाल्ने भाँडाहरू राख्नेछन्। तब तिनलाई असल छालाको तन्नाले ढाकेर बोक्ने डन्डीहरू कुण्डलमा लाउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्। See the chapter |