गन्ती 28:14 - पवित्र बाइबल14 प्रत्येक गोरूको निम्ति आधा हीन दाखरस, प्रत्येक भेंडाको निम्ति हीनको तीन खण्डको एक खण्ड र प्रत्येक थुमाको निम्ति हीनको चार खण्डको एक खण्ड अर्घबलि स्वरूप दाखरस चढाउनु पर्छ। बर्षको प्रत्येक महीनाको हरेक औंसीमा चढाउनु पर्ने होमबलि यही हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 तिनका अर्घ-बलि, एउटा बाछाको निम्ति दुई लिटर दाखमद्य, भेड़ाको निम्ति डेढ़ लिटर दाखमद्य, र हरेक थुमाको निम्ति एक लिटर दाखमद्य होस्। वर्षभरिका सबै महिनाहरूमा हरेक औंसीमा चढ़ाउने होमबलि यही हो। See the chapterसरल नेपाली पवित्र बाइबल14 उचित मद्यबलि यस्तो हुन्छ, हरेक साँढेसित दुई लिटर दाखमद्य, साँढ-भेडासित डेढ लिटर र पाठोसित एक लिटर दाखमद्य। वर्षभरि हरेक महिनाको पहिलो दिनमा चढाउने होमबलिको यही नियम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 प्रत्येक साँढेसँग लगभग आधा हिन दाखमद्यको अर्घबलि होस्। भेडासँग एक तिहाइ हिन र प्रत्येक थुमासँग एक चौथाइ हिन दाखमद्य होस्। योचाहिँ प्रत्येक वर्षको प्रत्येक औँसीमा चढाउने मासिक होमबलि हो। See the chapter |