गन्ती 27:21 - पवित्र बाइबल21 यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहरू घर जानेछन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण21 त्यो एलाजार पूजाहारीकहाँ आउने गरोस्, र एलाजारले चाहिँ परमप्रभुको सामु “ऊरीम” द्वारा फैसला लिएर त्यसलाई बताउने गरोस्। यहोशूकै हुकुमबमोजिम सारा इस्राएलीहरू त्यससँगै आउने र जाने गरून्।” See the chapterसरल नेपाली पवित्र बाइबल21 त्यो पूजाहारी एलाजारमाथि भरपर्नेछ र एलाजारले ऊरीम र तुम्मीमद्वारा मेरो इच्छा बुझ्नेछ। यस प्रकारले एलाजारले यहोशूलाई बाटो देखाउनेछ र सबै विषयमा इस्राएली समुदायलाई पनि अगुवाइ गर्नेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यो एलाजार पुजारीको अगि खडा होस्, जसले याहवेहको सामु ऊरीमद्वारा यहोशूका निम्ति निर्णय प्राप्त गर्नेछ। यहोशूको आज्ञामा सारा इस्राएली समुदाय बाहिर जानेछन्, र त्यसकै आज्ञामा तिनीहरू भित्र आउनेछन्।” See the chapter |