गन्ती 22:8 - पवित्र बाइबल8 तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 बालामले उनीहरूलाई भने, “आज राती यहीँ बस्नुहोस्, र परमप्रभुले जस्तो मसँग बोल्नुहुन्छ, म त्यही तपाईंहरूलाई बताइदिनेछु।” यसैले मोआबका मुख्य व्यक्तिहरू बालामकहाँ वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल8 बालामले तिनीहरूलाई भने, “आज राती यहीँ बिताओ। परमप्रभुले मलाई के भन्नुहुन्छ, त्यो म भोलि तिमीहरूलाई सुनाउनेछु।” यसकारण मोआबी अगुवाहरू बालामसित बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बालामले तिनीहरूलाई भने, “आज राति यहीँ बस्नुहोस् र याहवेहले मलाई जे जवाफ दिनुहुन्छ, त्यो म तपाईंहरूलाई भन्नेछु।” यसकारण मोआबी अधिकारीहरू तिनीसित बास बसे। See the chapter |